शुक्रबार, वैशाख १४, २०८१

परराष्ट्र मन्त्रालयको वार्षिक प्रतिवेदन सार्वजनिक

परराष्ट्र मन्त्रालयले बितेका दुई वर्षमा सम्पादन गरेका मुख्य कामको विवरणलाई समेटर आज आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक सार्वजनिक गरेको छ।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं- परराष्ट्र मन्त्रालयले बितेका दुई वर्षमा सम्पादन गरेका मुख्य कामको विवरणलाई समेटर आज आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक सार्वजनिक गरेको छ।

triton college

मन्त्रालयमा आज (आइतबार) अपराह्न आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त प्रतिवेदन सार्वजनिक गरे।

विगत पाँचवर्षदेखि मन्त्रालयले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ।

आज सार्वजनिक भएको प्रतिवेदनमा नेपालको नयाँ राजनीतिक नक्सा प्रकाशन, एकीकृत परराष्ट्र नीति, नेपाल–भारत सीमाङ्कन, अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाको पूर्णतालगायत महत्वपूर्ण आयोजनाको समाप्ति, चीनका राष्ट्रपतिको राजकीय भ्रमण र त्यसै सन्दर्भमा दुई देशबीच भएका २० वटा समझदारीपत्रलगायत विषय समावेश गरिएको छ। 

नेपालको विकासका साझेदारसँगको सघन सहकार्य, अष्ट्रिया, इण्डोनेशिया, लाओस, मलेसिया, म्यान्मा, पाकिस्तान, सर्विया र फिलिपिन्ससँग कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सव, संयुक्त राष्ट्रसङ्घ, असंलग्न आन्दोलन, जी ७७, विश्व व्यापार सङ्गठन, सार्क, बिम्स्टेक, साङ्घाइ सहयोग सङ्गठनलगायत बहुपक्षीय एवं क्षेत्रीय सङ्गठनमा नेपालको सशक्त उपस्थिति र सहभागिता पनि प्रतिवेदनमा समेटिएको छ। 

corrent noodles
Metro Mart

त्यसैगरी, राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यका नाताले आधारभूत मानवअधिकार संरक्षण र प्रवद्र्धनमा नेपालले निर्वाह गरेको भूमिका, आप्रवासी नेपालीको हकहितको रक्षा तथा सुरक्षा, कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार, स्वदेश फिर्तीमा सहजीकरणलगायत वर्षभरि मन्त्रालय र विदेशस्थित नेपाली नियोगले गरेका कामको विस्तृत विवरण प्रतिवेदनमा उल्लेख गरिएको छ। रासस

प्रकाशित: Dec 06, 2020| 13:30 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।