शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्री पौडेल र नेपालका लागि ईयूकी राजदूत डेप्रेजबीच शिष्टाचार भेट

अर्थमन्त्री पौडेल र नेपालका लागि ईयूकी राजदूत डेप्रेजबीच शिष्टाचार भेट

अर्थमन्त्री विष्णु पौडेल र नेपालका लागि युरोपियन युनियन ( ईयू) की राजदूत नोना डेप्रेजबीच आज शिष्टाचार भेट भएको छ।
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि युरोपियन युनियन ( ईयू) की राजदूत नोना डेप्रेजबीच आज शिष्टाचार भेट भएको छ।

triton college

अर्थ मन्त्रालयमा भएकाे भेटमा अर्थमन्त्री पौडेलले नेपाल र युरोपियन युनियनबीच सुखद् तथा असल सम्बन्ध रहेको उल्लेख गरे। उनले नेपालको विकास विशेष गरी शिक्षा, कृषि, स्वास्थ्य, संघीयता कार्यान्वयन, कोभिड-१९ न्यूनीकरण र रोकथाममा गर्दै आएको सहयोगको लागि धन्यवादसमेत दिए। 

अर्थमन्त्री पौडेल र राजदूत डेप्रेजबीच द्विपक्षीय सम्बन्ध, पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धि, कोभिड-१९ महामारीको नियन्त्रणलगायतका विषयमा छलफल भएकाे मन्त्रालयले जनाएकाे छ। 

यसैगरी युरोपियन लगानी बैंकको सहयोग थप विस्तार गर्ने विषयमा पनि छलफल भएकाे थियाे। 

राजदूत डेप्रेजले कोभिड-१९ नियन्त्रणका लागि संयुक्त प्रयास गर्नुका साथै सहायता अभिवृद्धि गर्दै जाने बताइन्। 

corrent noodles
Metro Mart

 

प्रकाशित: Dec 04, 2020| 14:30 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्