शुक्रबार, वैशाख १४, २०८१

सुनको मूल्य एकै पटक तोलामा १६ सयले बढ्यो 

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १६ सयले उकालो लागेको छ । 
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १६ सयले उकालो लागेको छ । 

triton college

बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक हजार ६०० ले वृद्धि भई रु ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन पनि तोलामा रु एक हजार ६०० ले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।   

प्रतितोला रु ९० हजार ५५० मा बुधबार कारोवार भएको तेजाबी सुन आज प्रतितोला रु ९२ हजार १५० मा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ । 

यस्तै चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ । प्रतितोला रु एक हजार १८५ मा बुधबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २०५ मा खरीदबिक्री भएको छ । 
 

corrent noodles
Metro Mart

प्रकाशित: Dec 03, 2020| 05:30 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्