आइतबार, वैशाख २३, २०८१

डिप्रेसनबाट जोगिएका नवराज थान्कामा भविष्य खोज्दै

नवराज कार्की कलाकार पनि हुन्। ‘मोक्ष’ चलचित्रबाट उनले अभिनय सुरु गरेका हुन्। अधिकार टेलिशृंखलामा पनि उनको अभिनय देख्न सकिन्छ। नाटकमा पनि उनी उत्तिकै पोख्त छन्। उनको कलाकारिता पनि विशेष रुचीको क्षेत्र हो।  
 |  बिहीबार, मंसिर १८, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, मंसिर १८, २०७७

विराटनगर– सुनसरी प्रकाशपुरका नवराज कार्की ४१ वर्षका भए। पछिल्लो २२ वर्षदेखि उनी फरक जीवनशैलीमा छन्। 

triton college

२०५५ साल साउन ९ गते इलामको पुवाखोला जलविद्युत् आयोजनामा काम गर्ने क्रममा उनी दुर्घटनामा परे। दुर्घटनामा पर्दा उनी १९ वर्षका थिए। उनलाई स्पाइनल कर्ड इञ्जुरी (मेरुदण्ड पक्षघात) भयो। उनी शारीरिक रुपमा अपाङ्ग बने। मेरुदण्ड पक्षघातको समस्याका कारण डेढ वर्ष उनले अस्पतालमा बिताए।

उपचार होला भनेर काठमाडौंका नाम चलेका अस्पतालमा भर्ना भए। उनको उपचारमा लागेको खर्च व्यहोर्दा व्यहोर्दै पारिवारको आर्थिक अवस्था कमजोर बन्दै गयो। उपचारको आशमा अस्पताल भर्ना भएका उनी जस्ताको त्यस्तै घर फर्किए। तर, जिन्दगीबाट उनी कत्ति पनि निराश भएनन्। केही गरेर देखाउँछु भन्ने आँट उनमा सधैं भइरह्यो। अहिले काठमाडौंमा बसेर विभिन्न अभियानसँगै सीपमूलक काममा उनी व्यस्त छन्। 

मेरुदण्ड पक्षघातको उपचारको सिलसिलामा उनको डा. उपेन्द्र देवकाेटासँग भेट भयो। पहिलो भेटमा डा. देवकाेटाले मेरुदण्ड पक्षघातको उपचार सम्भव छैन भनेनन्। भर्खरै दुर्घटनामा परेर चिकित्सक भेट्न गएका उनलाई डा. देवकाेटाले उपचार पनि हुन्छ, तर अहिले ह्विलचेयरमा बसेर सीप सिक्ने, पढ्ने लगायतका विभिन्न काम गर्नु भनेर भने।

आफ्नो उपचार सम्भव होला भनेर ५ वर्ष उनले त्यत्तिकै बिताए। ५ वर्षपछि मेरुदण्ड पक्षघातको बारेमा धेरैतिर अध्ययन गर्दा संसारभर उपचार सम्भव नहुने उनले थाहा पाए। डा.कोइरालाका कारण आफू डिप्रेसनमा जानबाट बचेको कार्की बताउँछन्।

corrent noodles
Metro Mart

‘सुरुमै उपचार सम्भव छैन भनिदिएको भए म डिप्रेसनको शिकार हुन्थेँ होला। डा. देवकाेटाको ५ मिनेटको मनोपरामर्श मेरो जिन्दगीको ‘टर्निङ प्वाइन्ट’ बन्यो,’ कार्की सम्झन्छन्।

थान्कामा भविष्य खोज्दै

उपचार सम्भव नहुने भएपछि उनले २०६९ सालदेलि ह्विलचेयर प्रयोग गर्न थाले। अहिले हरेक काम ह्विलचेयरबाट उनले गर्दै आएका छन्। उनी अहिले थान्का पेन्टिङको तालिममा छन्। ६ वर्षे तालिमको यो अन्तिम वर्ष हो। आवासीय तालिममा उनी छन्। राम्रो पेन्टिङ गर्न सक्ने भएका छन्।

आम्दानीको श्रोत पेन्टिङलाई बनाउने गरी दत्तचित्त भएर लागेका छन्। पेन्टिङबाट प्राप्त आम्दानी आपाङ्ता भएकाहरुका लागि खर्च गर्ने उनले योजना बनाएका छन्। कार्की भन्छन्, ‘अपाङ्गता भएका व्यक्ति आफैँ सक्षम हुन सक्छन्, खाली सीपको मात्र खाँचो छ। गाईवस्तु पालेजस्तो अपाङ्गता भएका व्यक्तिलाई पाल्नु पर्दैन।’

नवराज कार्की कलाकार पनि हुन्। ‘मोक्ष’ चलचित्रबाट उनले अभिनय सुरु गरेका हुन्। अधिकार टेलिशृंखलामा पनि उनको अभिनय देख्न सकिन्छ। नाटकमा पनि उनी उत्तिकै पोख्त छन्। उनको कलाकारिता पनि विशेष रुचीको क्षेत्र हो।  

कार्की अभियानकर्मी पनि हुन्। शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिले ह्विलचेयरको अभावमा चाहेको कुरा गर्न नसकिरहेको अवस्था छ। त्यस्ता व्यक्तिलाई उनले ह्विलचेयर वितरण गर्दै आएका छन्। विभिन्न दाताहरुसँग उनको सम्पर्क छ। 

नवराजलाई आफू सरकारविहीन देशको नागरिकजस्तो लाग्छ। सरकारले आफ्नो दायित्व निर्वाह नगरेको उनको गुनासो छ। मेरुदण्ड पक्षघातका बिरामीलाई सरकारले बेवास्ता गरेपछि आफूहरु संगठित भएको उनले बताए। सातवटै प्रदेशमा उनीहरु संगठित भएका छन्। 

अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी ह्विलचेयर उपलब्ध गराउन सरकारसँग उनको माग छ। उनले प्रदेशका मुख्यमन्त्रीहरुलाई ह्विलचेयरमैत्री प्रदेश निर्माणका लागि ज्ञापनपत्र पनि बुझाउँदै आएका छन्। 

प्रकाशित: Dec 03, 2020| 01:27 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।