शुक्रबार, वैशाख १४, २०८१

पाँच कम्पनीविरुद्ध ४१ करोड राजस्व छली आरोपमा मुद्दा 

राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा पाँच कम्पनीविरुद्ध ४१ करोड तीन लाख रुपैयाँ बराबर छलेको मुद्दा दायर गरेको छ।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं-  राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा पाँच कम्पनीविरुद्ध ४१ करोड तीन लाख रुपैयाँ बराबर छलेको मुद्दा दायर गरेको छ। 

triton college

विभागले ती पाँचवटै कम्पनी (राउत ट्रेड कन्सर्न, पीआरके ट्रेड इन्टरनेसनल, मिनजा इन्टरनेसनल, क्रेटा इन्टरनेसनल र रमण कन्स्ट्रक्सन) ले झुटो बिल बिजक जारी गरी राजस्व छली गरेको भन्दै उनीहरुविरुद्ध मंगलबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। 

विभागले राउत ट्रेड कन्सर्नसँग चार करोड १६ लाख ४६ हजार १६५, पीआरके ट्रेड इन्टरनेसनल पाँच करोड ५६ लाख ८ हजार ७३८,मिनजा इन्टरनेसनल प्रालि दुई करोड १९ लाख १२ हजार ३९३, क्रेटा इन्टरप्राइजेज र रमण कन्स्ट्रक्सनसँग २० करोड ८७ लाख ६४ हजार ६२९ रुपैयाँको बिगो जरिवाना र कैदको मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। 

ती पाँचवटै कम्पनी विरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ अनुसार सजाय हुन पनि विभागले माग गरेको छ।
 

प्रकाशित: Dec 02, 2020| 12:54 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्