शुक्रबार, वैशाख १४, २०८१

प्रदेश १ मा ९२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९२ जना कोरोना संक्रमित थपिएका छन्।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९२ जना कोरोना संक्रमित थपिएका छन्। झापामा २६, सुनसरीमा २१, मोरङ र इलाममा २०–२०, धनकुटा र उदयपुरमा २–२ र पाँचथरमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

triton college

झापाको मेचीनगरमा ६, बाह्रदशीमा ५, विर्तामोडमा ४, भद्रपुर, शिवसताक्षी, कनकाई र दमकमा २–२, अर्जुनधारा, कचनकवल र हल्दिबारीमा १–१, सुनसरीको धरानमा १६, इटहरीमा २, रामधुनी, गढी र इनरुवामा १–१, मोरङको विराटनगरमा १३, सुनबर्षी र मिक्लाजुङमा २–२, उर्लाबारी, कटहरी र बेलबारीमा १–१ जना, इलामको इलाम नगरपालिकामा १७, माईजोगमाईमा २ र सुर्योदयमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
उता धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १–१,   पाँचथरको फिदिममा १ जनामा संक्रमण देखिएको छ।  प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ५३३ पुगेको छ।

प्रदेश १ मा बुधबार ५० जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ४३, मेची अस्पतालबाट ६ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन। हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ४२७ पुगेको छ।

प्रदेश १ मा बुधबार ४९५ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ३३ महिला र ५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ९२ हजार ७५६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: Dec 02, 2020| 11:58 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।