शुक्रबार, वैशाख १४, २०८१

६४ जना कोरोना संक्रमितको अवस्था गम्भीर  

बुधबारसम्म ६४ जना गम्भीर अवस्थामा भेन्टिलेटरमा उपचाररत छन् भने ३६५ जना संक्रमित आईसीयूमा उपचाररत छन्। 
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं– देशभर ६४ जना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ६४ जना गम्भीर अवस्थामा भेन्टिलेटरमा उपचाररत छन् भने ३६५ जना संक्रमित आईसीयूमा उपचाररत छन्। 

triton college

मन्त्रालयका अनुसार आईसीयू तथा भेन्टिलेटरमा उपचाररतमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १४४ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचाररत छन्। त्यस्तै प्रदेश १ मा  ३२ जना आईसीयू र ११ जना भेन्टिलेटरमा, प्रदेश २ मा सात जना आईसीयूमा र दुई जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९४ आईसीयू र १२ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ। 

लुम्बिनी प्रदेशमा ७२ जना आईसीयूमा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् भने कर्णाली प्रदेशमा नौ जना आईसीयूमा र सुदूरपश्चिममा सात जना आईसीयू र दुई जना भेन्टिलेटरमा उपचाररत छन्।

नेपालमा दुई लाख ३६ हजार दुई सय ४६ जना कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने दुई लाख १८ हजार १६१ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुने ९२.३ प्रतिशत छन्। 
 

प्रकाशित: Dec 02, 2020| 11:10 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।