शुक्रबार, वैशाख १४, २०८१

नेकपा विवाद झन् गहिरिँदै, ओली–दाहालबीच चर्काचर्की

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद झन् गहिरिँदै गएको छ।
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद झन् गहिरिँदै गएको छ।

triton college

मंगलबार बसेको सचिवालय  बैठक पनि सौहार्दपूर्ण वातावरणमा अघि बढ्न सकेन। १३ मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रस्तावको लिखित जवाफसहित ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए।

ओलीले प्रस्ताव पेश गरेपछि नेकपाको मुख्यालय धुम्बाराहीमा सचिवालय बैठक आज दिउँसो १ बजेका लागि बोलाउने पूर्व निर्णय भएको थियो।

तर, एकाएक आज बिहानै बैठक बालुवाटारमा नै बस्नुपर्ने प्रधानमन्त्रीको माग रहेको भन्दै महासचिव विष्णु पौडेलले सचिवालयका सदस्यहरुलाई खबर पठाए।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल भने कुनै पनि हालतमा अब बालुवाटारमा बैठक बस्न नहुने र पार्टी कार्यालयमै बस्नुपर्ने अडानमा थिए। 

corrent noodles
Metro Mart

सुरक्षा निकायले धुम्बाराहीमा प्रधानमन्त्रीलाई सुरक्षा थ्रेट रहेको ब्रिफिङ गरेको र त्यसकारण बैठक बालुवाटारमा नै बस्नुपर्ने भन्दै महासचिवले दाहाललाई मनाएपछि बल्ल दाहाल राजी भए।

आजको बैठकमा महासचिवको जन्मदिन परेकाले  केक काटिएको थियो।

त्यसपछि शुरू भएको बैठकको शुरुवातमै प्रधानमन्त्री ओलीले बैठकमा प्रस्तावहरुमाथि छलफल गर्नुको कुनै औचित्य नभएको बताए। उनले दाहालले पेश गरेको प्रस्ताव फिर्ता लिएर माफी माग्नुपर्ने भनेपछि बैठकमा चर्काचर्की भएको एक सचिवालय सदस्यले बताए।

‘उहाँले बैठकको औचित्य नै नरहेको, अध्यक्ष दाहालले प्रस्ताव फिर्ता लिएर माफी माग्नुपर्ने भन्दै बैठक अघि नबढाउने अडान लिनुभयो,’ ती नेताले भने, ‘कार्यकारी अध्यक्षसहितका नेताहरुले कुनै पनि हालतमा बैठक रोकिँदैन। प्रस्तावहरुमा छलफल हुनुपर्छ भनेपछि बैठक अघि बढ्यो।’

स्रोतका अनुसार महासचिव पौडेलबाहेक सबै नेताहरुले बैठक नै नबस्ने, प्रस्तावहरुमाथि छलफल नै नहुने भन्ने कुरा उचित नभएको भन्दै छलफल गर्नुपर्ने भन्दै प्रतिवाद गरेका थिए।

दाहालले ओलीलाई जवाफ दिँदै प्रस्तावमाथि छलफल गरेरै अघि बढ्नुपर्ने बताएका थिए। ‘अहिले पार्टीमा देखिएको समस्या तपाईकै कारणले भएको हो। तपाईको हुकुमी शैली अब चल्दैन,’ दाहालले भने,‘पार्टी विधि, पद्धतिमा चल्नुपर्छ अब त्यसैअनुसार अघि बढ्छ।’

पार्टी कमिटीमा आफू अल्पमतमा परेपछि ओली यतिखेर २६ भदौमा स्थायी कमिटी बैठकले गरेको निर्णयमै फर्किन खोजिरहेका छन्। तर, दाहाल–नेपाल समूह भने अब पार्टी कमिटीका बैठकले जे निर्णय गर्छ त्यसैअुनुसार अघि बढ्ने रणनीतिमा देखिएका छन्।

‘ओलीजीलाई त २६ भदौमा सम्पन्न भएको स्थायी कमिटी बैठकले महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको बाँकी कार्यकालसम्मै प्रधानमन्त्री रहन दिने निर्णय गरेकै थियो’, एक स्थायी कमिटी सदस्य भन्छन्, ‘उहाँले आफै बैठकले गरेको निर्णय लत्याएर फेरि आफूखुशी हिँड्न खोज्नुभयो। त्यही भएर समस्या आएको हो।’

आज बसेको सचिवालय बैठकले पार्टीका दुवै अध्यक्षले पेश गरेको प्रस्तावमाथि औपचारिक र अनौपचारिक दुवै किसिमको छलफल अगाडि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘दुई अध्यक्षको राजनीतिक प्रस्तावमाथि छलफल सुरु भयो। अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले आफ्नो धारणा राख्नुभयो। सचिवालयका अरु सदस्यले पनि सामान्य टिप्पणी गर्नुभयो,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने। 

पार्टीमा उत्पन्न संकटको कारण र समाधानको उपायबारे विस्तृत छलफल हुन बाँकी रहेको उनले बताए। सचिवालय बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ। १८ मंसिरको स्थायी कमिटी बैठक पनि तोकिएकै दिन बस्ने प्रवक्ता श्रेष्ठले बताए। 

गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै राजनीतिक प्रस्ताव पेश गरेका थिए। दाहालको आरोपको जवाफ ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा पेश गरेपछि नेकपा विवाद झन् गहिरिएको हो।

प्रकाशित: Dec 01, 2020| 13:15 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।