शनिबार, वैशाख १५, २०८१

यी कारणले हुन्छन् प्याराग्लाइडिङ दुर्घटना 

उडानको समयमा के गर्ने के नगर्ने नियमहरु हुन्छन् । ओभर कन्फिडेन्स भएर नियम विपरितका गतिविधि नै दुर्घटनाका कारण हुन् ।
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

पोखरा- कोरोना भाइरस महामारीका बीच पनि आन्तरिक पर्यटकले असाध्यै रुचाएको प्याराग्लाइडिङ भीड सराङकोटको डाँडोमा धानीनसक्नु भइरहेको छ । 

triton college

यस्तो अवस्थामा मंसिर ८ गते भएको प्याराग्लाइङिले दुर्घटनाले आकाशमा उड्न चाहानेहरुलाई त्रसित बनाएको छ । पोखराको आकाशमा प्याराग्लाइडिङ उड्न थालेको दुई दशक  नाघिसकेको छ । यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परेको छ । 

यस अघिका दुर्घटनामा सोलो (एकल) उडानका वा प्रशिक्षार्थी पाइलटहरु दुर्घटनामा पर्ने गरेका थिए तर यसपालि भने अनुभवी टेन्डम पाइलटको नै ज्यान गयो । गत सोमबारको दुर्घटनामा परेका ३८ वर्षीय प्यारा पाइलट राजु गैरे नेपाली आफैंमा अनुभवी पाइलट भएको उनका सहकर्मीहरु बताउँछन् ।  

अनुभवी पाइलट नै कसरी परे दुर्घटनामा ? विगत आठ वर्षदेखि पोखराको आकाशमा उडिरहेका हिमालय स्काइ एडभेन्चर प्याराग्लाइडिङ कम्पनीका सञ्चालक एवं प्यारापाइलट माधव तिवारी
पाइलटले आफ्नो अनुशासन र उडानका नियम बाहिर जाँदा दुर्घटना हुने गरेको बताउँछन् । 

उनले भने, “सामान्य अवस्थामा दुर्घटना हुँदैन, कहिले काही मौसमको खराबी हुन सक्छ, नत्र उडान सुरक्षित नै हुन्छ । उडानको समयमा के गर्ने के नगर्ने नियमहरु हुन्छन् । ओभर कन्फिडेन्स भएर नियम विपरितका गतिविधि नै दुर्घटनाका कारण हुन् ।”

corrent noodles
Metro Mart

तिवारीले पाइलट नै बढी संवेदनशील भएर उडान गर्नुपर्ने बताए । उनले भने, “उडानबाट यात्रुलाई मनोरञ्जन दिने हो तर कतिपय पाइलट साथीहरु आकाश उडिरहेको बेला अन्य गतिविधि गर्दैै सुरक्षा संवेदनशीलता वेवास्ता गर्न पुग्नुहुन्छ ।”  
 उडान समयमा फूल पात टिपेर दिने गर्दा दुर्घटना निम्ति सक्ने भएकाले यस्तो गतिविधिलाई रोक्नुपर्ने उनको भनाइ छ । 

अर्का अनुभवी पाइलट दूर्योधन खड्काले साहसिक खेलमा जोखिम मोल्नुपर्छ भन्ने मानसिकताले पनि कतिपय अवस्था नियन्त्रण बाहिर जाने गरेको बताए । 

“कोही कोही यात्रुले अलि बढी जोखिम मोल्न रुचाउने र पाइलटलाई अलि प्रेसर दिने गर्छन । यात्रुको सबै अवस्थालाई स्वीकार्नु पर्छ भन्ने हुँदैन, पाइलटले पनि जोखिमको अवस्थालाई आँकलन गर्न सक्नुपर्छ ।” 

उनले कहिलेकाही टेकअफ गर्दा यात्रु नियन्त्रणमा नहुने गर्दा पनि दुर्घटना हुन सक्ने तर हावामा उडिसकेपछि सामान्य अवस्थामा दुर्घटना हुने सम्भावना न्यून हुने उनको अनुभव छ । 

हवाई खेलकूद संस्था (एनएए) का अध्यक्ष कृष्ण भण्डारी पनि उडानमा समयमा फूल, पात टिप्ने र पानी छुने जस्ता गतिविधि हुने गरेको सुन्नमा आएकाले अब यस्ता गतिविधिमा रोक लगाइने बताए । 

मंसिर ८ को दुर्घटनाको विषयमा छानविन समिति गठन भएको छ । एक महिनामा सत्यतथ्य बाहिर आउला, पछिल्लो समय आकाशमा फुल टिप्ने दिने गतिविधि बढेको भन्ने सुनिएको छ । यसमा अब नियन्त्रण हुन्छ । प्याराग्लाइडिङ उडानको दुई दशकमा व्यावसायिक उडानबाट चार पाँच वर्ष अघि एक जना यात्रुको  र अहिले पाइलटको ज्यान गएको उनले बताए ।  

सोमबारको दुर्घटनामा टेण्डम पाइलटको ज्यान गएपछि नेपाल नागरिक उङ्डयन प्राधिकरणले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । प्राधिकरणका पोखरास्थित प्रबन्धक (एयर ट्राफिक सर्भिस) अनुप जोशीको संयोजकत्वमा प्याराग्लाइडिङ पाइलट दीपक थापा र प्राधिकरणका अधिकृत देवराज सुवेदी सदस्य रहने गरी छानबिन समिति गठन गरेको हो । समितिले ३० दिनभित्र प्राधिकरणलाई प्रतिवेदन पेश गर्नेछ । 

हवाई खेलकूद संस्था (एनएए) का अध्यक्ष भण्डारीका अनुसार २०५९ मा हवाइ खेलकूद संस्था (एनएए) स्थापना भएको र २०७५ साल चैतबाट नागरिक उडड्यन प्राधिकरणले अनुगमन, लाइसेन्स, नवीकरण प्रदान गर्ने गरेको हो ।
 
संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका ३३८ प्यारापाइलट छन् जसमा १२ महिला छन् । बन्दाबन्दी अगाडि विदेशी पाइलट भए पनि अहिले नेपाली मात्रै रहेका छन् । पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी छन् भने रु एक अर्ब बढीको लगानी रहेको छ ।
 

प्रकाशित: Dec 01, 2020| 02:11 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।