शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नागरिकको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्नुस् : अर्थमन्त्री पौडेल

नागरिकको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्नुस् : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गोदावरी नगरपालिका–११ चापागाउँमा १५ शैय्याको आधारभूत अस्पतालको शिलान्यास गरेका छन्।
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

ललितपुर- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गोदावरी नगरपालिका–११ चापागाउँमा १५ शैय्याको आधारभूत अस्पतालको शिलान्यास गरेका छन्।

triton college

अस्पताल निर्माणका लागि संघीय सरकारले रु. १८ करोड बजेट विनियोजन गरेको छ। सो अवसरमा अर्थमन्त्री पौडेलले तोकिएको समयअगावै गुणस्तरीय अस्पताल निर्माण गरेर नागरिकको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गराउन आग्रह गरे। उनले अस्पताल निर्माणका लागि संघले बजेट अभाव हुन नदिनेसमेत बताए।

सरकारले एकैसाथ मुलुकका ३९६ पालिकामा आधारभूत अस्पताल निर्माण गर्ने कुरा अघि बढाउँदा आज (सोमबार) लगभग तीन सय पालिकामा सो किसिमको अस्पताल शिलान्यास सम्पन्न भइसकेको बताउँदै उनले यसका लागि सरकारले कूल रु ५७ अर्ब ९५ करोड ११ लाख बजेट विनियोजन गरिएको जानकारी दिए।

मन्त्री पौडेलले मुलुकका सातै प्रदेशमा ५०–५० शैय्याका सरुवा रोग अस्पताल निर्माण गर्न रु आठ–आठ करोड बजेट छुट्टाइसकेको उल्लेख गर्दै कोभिड–१९ महामारीले मुलुक विकासमा पुर्‍याएको असरलाई मध्यनजर गरेर सरकारले बेरोजगार जनतालाई रोजगारी सिर्जना गर्नुका साथै उत्पादन र आर्थिक उपार्जनमा समेत जोड दिने दाबी गरे।

ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य नवराज सिलवालले जीर्ण अवस्थामा रहेका टिकाभैरव, चापागाउँ र सातदोबाटो गोदावरी सडक निर्माणमा संघीय सरकारको ध्यानाकर्षण गराए।

corrent noodles
Metro Mart

प्रदेशसभा सदस्य राजकाजी महर्जन र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गोदावरी भौगोलिक हिसाबले उपत्यकाको सबैभन्दा ठूलो नगरपालिका रहेको हुँदा सरकारले बजेट विनियोजन गर्दा भूगोलको हिसाबमा गर्नुपर्नेमा जोडदिदैं टेण्डर भइसकेका टिकाभैरव चापागाउँ र सातदोवाटो गोदावरी सडकको मुआब्जा जनतालाई दिन नसक्दा मर्मत, निर्माण र विस्तारको काम लथालिङ्ग अवस्थामा रहेको बताए।

कार्यक्रममा प्रदेश सभा सदस्यद्वय चेतनाथ सञ्जेल र लालकुमारी पुन, नेकपाका जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, संविधानसभा  सदस्य सशीला नेपाल, जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालको सहभागिता थियो। रासस
 

प्रकाशित: Nov 30, 2020| 14:46 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।