शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंका मेयर र उपमेयर पोखरामा, भन्छन्– स्थानीय तहबीच समन्वय गरौँ 

काठमाडौंका मेयर र उपमेयर पोखरामा, भन्छन्– स्थानीय तहबीच समन्वय गरौँ 

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताएका छन्। 
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

पोखरा– पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताएका छन्। 

triton college

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीलाई सोमबार पोखरामा स्वागत गर्दै मेयर जिसीले स्थानीय निकाय र स्थानीय तह फरक भएकाले संघीयतालाई संस्थागत गर्न स्थानीय सरकारको जिम्मेवारी बढी हुने बताएका हुन्।

व्यवस्था परिर्वतन भए पनि सोच परिर्वतन नहुँदा काम गर्दा चुनौती आउने गरेको बताउँदै उनले संघीय व्यवस्थालाई लागू गराउन स्थानीय तहका जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताए।

‘काठमाडौं र पोखराका आ—आफ्नै विशेषता छन्,’ जिसीले भने, ‘काठमाडौं सांस्कृतिक सहर हो भने पोखरा प्राकृतिक रुपमा सुन्दर छ, एक अर्काबाट हामीले धेरै कुरा सिक्न र सिकाउन सक्छौं ।’ अरु महानगरभन्दा काठमाडौं महानगरपालिका पाको र पुरानो महानगर भएकाले यसले स्थानीय तहमा अग्रणी भूमिका खेल्नुपर्ने जिसीको भनाइ छ। 

काठमाडौं—पोखरा जोड्ने सडक चार लेनको हुनुपर्ने बताउँदै जिसीले दुबै सहरले पर्यटनलाई विशेष प्राथमिकता दिनुपर्ने र यसमा समन्वय गर्नुपर्ने बताए। पोखराको भौगोलिक विशेषता अनुसार नै विकास र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको सो अवसरमा जिसीले बताए। 

corrent noodles
Metro Mart

कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अनियन्त्रित बसाइँसाइ काठमाडौं र पोखराको चुनौती भएको बताए । उनले स्थानीय तहबीचमा पनि समन्वय र अनुभव आदान प्रदान हुनुपर्ने बताए। काठमाडौं अहिलेको अवस्थाबाट पाठ सिकेर पोखराले बसोबासलाई व्यवस्थित गर्न एकीकृत बस्ती विकासमा जोड दिनुपर्ने उनले बताए। उनले कोरोनाका कारण सिथिल बनेको पर्यटनलाई चलायमान बनाउनुपर्ने बताउँदै काठमाडौं र पोखराको यसमा समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा काठमाडौं महानगरका उपप्रमुख हरिप्रभा खड्गीले काठमाडांै र पोखरासहित देशमै पर्यटनलाई चलायमान बनाउन प्रदेश र संघीय सरकारले पनि विशेष ध्यान दिनुपर्ने बताइन्। खड्गीले काठमाडौंले उदाहरणीय काम गरेर नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताइन्। 

कार्यक्रममा पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले काठमाडौं महानगरका प्रमुख शाक्य र उपप्रमुख खड्गीलाई मायाको चिनो प्रदान गरेका थिए भने पोखराका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई मायाको चिनो प्रदान गरेका थिए। शाक्यले पनि पोखरा महानगर प्रमुख जिसी र प्रमुख प्रशासकीय अधिकृत बराललाई मायाको चिनो प्रदान गरेका थिए। 

प्रकाशित: Nov 30, 2020| 11:16 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।