शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  •  नेपाली सेनाको परीक्षामा नक्कली परीक्षार्थी, २ जना पक्राउ

 नेपाली सेनाको परीक्षामा नक्कली परीक्षार्थी, २ जना पक्राउ

लोक सेवा आयोगले लिँदै गरेको नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा अर्कैका नाममा परीक्षा दिन लगाउने र दिने दुवै व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

कञ्चनपुर- नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा अर्कैका नाममा परीक्षा दिन लगाउने र दिने दुवै व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

triton college

कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको आरोपमा डोटी सायल गाउँपालिका वडा नम्बर ६ का २२ वर्षिय सुमन खड्का र परीक्षा दिन लगाउने बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का २२ वर्षीय मुकेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो। 

लोक सेवा आयोगले शनिबार कञ्चनपुरको भीमदत्त नगरपालिका–४  कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा लिएकाे थियो। परीक्षामा सहभागीकाे प्रवेशपत्र जाँच गर्ने क्रममा फोटो नमिलेपछि अर्कोको नाममा परीक्षा दिँदै गरेको खुलासा भएको प्रहरीले जनाएको छ। 

दुवै जनालाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित: Nov 30, 2020| 03:03 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।