शनिबार, वैशाख १५, २०८१

ट्रकको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

triton college
corrent noodles
Metro Mart

कञ्चनपुर- पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुर नजीक ट्रकले ठक्कर दिँदा मोटरसाइकल सवार प्रहरी हबल्दार करीब ३६ वर्षीय रामबहादुर बिष्टको आज घटनास्थलमै मृत्यु भएको छ।

महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको से१क १४०६ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु१२प ५१५ नंको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हबल्दार बिष्टको मृत्यु भएको हो। प्रहरी हबल्दार बिष्ट भीमदत्त नगरपालिकाको झोलुङ्गे अस्थायी प्रहरी चौकीमा कार्यरत रहेको बताइएको छ।

ठक्कर दिने ट्रकका चालक गोदावरी नगरपालिका–१ का २८ वर्षीय यज्ञराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । मृतक बिष्ट शुक्लाफाँटा नगरपालिका–११ का बासिन्दा रहेको बताइएको छ । 
 

प्रकाशित: Nov 30, 2020| 00:09 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।