शनिबार, वैशाख १५, २०८१

यस्तो छ उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति 

शनिबार सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ। 
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

काठमाडौं– शनिबार सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ। 

triton college

महासंघको विधान अनुसार शेखर गोल्छा स्वतः अध्यक्ष भएका छन्। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। अर्को कार्यकालमा उनी स्वतः अध्यक्ष हुने छन्। 

वरिष्ठ उपाध्यक्षको लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए। 

ढकालले एशोसिएटमा ८९७ मतमध्ये ५२२ मत पाएका छन्। उनका प्रतिस्पर्धी प्रधानले ३७४ मत पाए ।

वस्तुगतमा ढकालले ५६ मत ल्याए भने प्रधानले ३९। जिल्ला नगरतर्फको कुल १०५ भोटमा ढकालले ५२ र प्रधानले ५३ मत पाए। ढकाल यसअघि महासंघको एसोसियट उपाध्यक्ष थिए। 

corrent noodles
Metro Mart

जिल्लानगर वाणिज्य संघ उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ निर्वाचित भएका छन्। 

प्रधान प्यानलका श्रेष्ठले ढकाल प्यानलका गुणनिधि तिवारीलाई पराजित गरेका हुन्। 

१०५ मतमा श्रेष्ठले ५८ मत पाए भने तिवारीले ४७ मत पाएका थिए। 

जिल्ला नगरको मताधिकार प्रयोग हुने यो समूहबाट १८ जना कार्यकारिणी समिति सदस्य निर्वाचित भएका छन्। 

कवीरकुमार श्रेष्ठ, कमानबहादुर खड्का, डिबी बस्नेत, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल, सुरकृष्ण वैद्य, गजृन्द भगत, राजन श्रेष्ठ, तारानाथ घिमिरे, कमलकुमार श्रेष्ठ निर्वाचित भएका छन्। 

त्यस्तै चक्रबहादुर अधिकारी, अरुनराज सुमार्गी, देवकुमार श्रेष्ठ, गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, उमेश डालमालिया, किशोरकुमार आचार्य कार्यकारिणी समिति सदस्य भएका छन्। 

त्यसैगरी वस्तुगत संघतर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन्। 

प्रधान प्यानलका अन्जन श्रेष्ठले ६२ मत ल्याएर चन्द्र ढकाल प्यानलका उमेशलाल श्रेष्ठलाई पराजित गरेका हुन्। उमेशलालले ३७ मत पाएका छन्। 

वस्तुगत संघको मताधिकार हुने यो समूहबाट १४ जना कार्यकारिणी समिति निर्वाचित हुन्छन्। जसमा दुवै प्यालनका बराबर सदस्य छन्। 

वस्तुगत संघबाट सुवोधकुमार गुप्ता, सन्दिपकुमार अग्रवाल, सकुन्तलाल हिराचन, विष्णु गैरे, नरेशलाल श्रेष्ठ, मनिषलाल प्रधान, मीनमान श्रेष्ठ, अरनीको राजभण्डारी निर्वाचित भएका छन्। 

आकाश अधिकारी, प्रकाशसिंह कार्की, गोविन्द ढुंगेल, सुमित केडिया, हेमराज ढकाल, भक्तबहादुर हमाल पनि कार्यकारिणी सदस्यमा विजयी भए। 

प्रदेशतर्फबाट सात कार्यकारिणी समिति सदस्य पनि निर्वाचित भएका छन्।

यसअघि नै ढकाल प्यानलका राजेन्द्र राउत प्रदेश–१ बाट निर्विरोध निर्वाचित भएका थिए। 

निर्वाचनबाट प्रदेश–२ बाट विजयकुमार शाह, बागमतीबाट सहनलाल प्रधान, गण्डकीबाट बाबुराम गिरी, लुम्बिनीबाट शम्शेर मियाँ, कर्णालीबाट लालिमान बुढा र सुदूरपश्चिम प्रदेशबाट पुष्पराज कुँवर निर्वाचित भएका छन्। 

महासंघको संस्थापक सदस्यहरुबाट दामु अधिकारी निर्वाचित भए भने ढकाल प्यानलकै सन्दिप अग्रवाल द्विराष्ट्रियबाट निर्विरोध चयन भए। 

एशोसिएट उपाध्यक्षमा ढकाल प्यानलका रामचन्द्र संघई निर्वाचित भएका छन्। संघईले प्रधान प्यानलका सौरभ ज्योतिलाई पराजित गरेका हुन्। 

एशोसियटको १९ सदस्य निर्वाचित हुने कार्यकारिणी समिति सदस्यमा १८ जना निर्वाचित भइसकेका छन् भने दुई जनाको समान मत भएका कारण गोलाप्रथाबाट तय हुने भएको छ। 

मंगेशलाल श्रेष्ठ र विराट थापाले बराबर मत पाएका छन्। 

एशोसिएटमा अम्बिका पौडेल, ज्योत्सना श्रेष्ठ, देशबन्धु बस्नेत, प्रबलजंग पाण्डे, अबिनास बोहरा, आनन्द बगरिया, कृष्णलाल महर्जन, गोपाल खनाल, भरतप्रसाद आचार्य, रञ्जित आचार्य, शैलेन्द्र गुरागाई, सुशील थापा, राजेशकुमार अग्रवाल, विजयसिंह बैद्य, शक्तिकुमार बेगानी, शाहिल अग्रवाल, सञ्जय गिरी र हेमन्त गोल्छा निर्वाचित भएका छन्। 
 

प्रकाशित: Nov 29, 2020| 03:30 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्