शुक्रबार, वैशाख १४, २०८१

जानकी मेडिकल कलेजका कर्मचारीको अनसन तोडियो

विगत २८ दिनदेखि आमरण अनसनमा बसेका जानकी मेडिकल कलेज शिक्षण अस्पतालका दुई जना कर्मचारीले अनसन तोडेका छन्। 
 |  शनिबार, मंसिर १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १३, २०७७

जनकपुरधाम- विगत २८ दिनदेखि आमरण अनसनमा बसेका जानकी मेडिकल कलेज शिक्षण अस्पतालका दुई जना कर्मचारीले अनसन तोडेका छन्। 

triton college

मेडिकल कलेजका कर्मचारीद्वय जानकी शरण यादव र कुलदीप साहलाई शनिबार दिउँसो जुस खुवाएर अनसन तोडाइएको हो।

कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच ३ बुँदे सहमति भएपछि अनसन तोड्दै आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादवले जानकारी दिए। 

आमरण अनसन सम्बन्धमा भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय धनुषामा भएको दुईपक्षीय सम्झौताको मितिदेखि आन्दोलन अवधिमा गरिएको सम्पूर्ण कारबाही, निलम्बन आदि फुकुवा गरी आमरण अनसनमा रहेका कर्मचारीद्वय यादव र साहलाई जुस खुवाई अनसन तोडाइएको छ।

साथै जानकी मेडिकल कलेजमा जारी सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ। 

corrent noodles
Metro Mart

त्यस्तै कलेज र कर्मचारीबीचको समस्या समाधान गर्न दुवै पक्षबाट २–२ जना प्रतिनिधि र धनुषा जिल्लाका स्वास्थ्यकर्मीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्षहरु सम्मलिति कार्यदल मंसिर १७ गतेभित्र गठन गरी सम्पूर्ण समस्यामाथि छलफल गरी निराकरण गर्ने सहमति भएको हो।

प्रकाशित: Nov 28, 2020| 09:50 शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।