शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • संघीय संसद् र प्रदेशसभाका सभामुख–उपसभामुख अनुभव आदानप्रदान गर्दै

संघीय संसद् र प्रदेशसभाका सभामुख–उपसभामुख अनुभव आदानप्रदान गर्दै

सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्ने बताएका छन्।
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्ने बताएका छन्। संघीय संसद र प्रदेश सभा सञ्चालन सम्बन्धमा अनुभव आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै सभामुखले यस्तो बताएका हुन्।

triton college

प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने, जनताको जीवनस्तरलाई माथि उठाउने कार्य गर्नुपर्ने उनको भनाइ छ। ‘हामी चुनौती र अवसरको बीचमा छौं,’ उनले भने,‘यो बेला अवसर नै बढी छ, हामीले बढी भन्दा बढी अन्तरक्रिया आयोजना गर्नुपर्छ।’

उनले संघीयताको औचित्य पुष्टि गर्ने काम आफूहरुकै भएको बताए। सभामुख सापकोटाले संसदका समितिहरु बढी सक्रिय हुनुपर्नेमा जोड दिए। संसद अधिवेशन नचलेको अवस्थामा पनि समितिमा हुने व्यापक छलफलले जनमुखी कानुननिर्माण हुने उनको भनाइ छ।   

‘संघीय र प्रदेश सभामा सभामुख र उपसभामुख आन्तरिक रुपमा गहन छलफल गरेर अघि बढ्दा सभाको काम प्रभावकारी हुन्छ,’ उनले भने, ‘संघ, प्रदेश र स्थानीयतहबीचको अन्तर सम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक पारित हुनु निकै महत्वपूर्ण काम भएको छ।’

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड १९ का कारण अब संसदका गतिविधि रोक्न नहुने बताए। स्वास्थ्य मापदण्ड र अनुशासनको पालना गर्दै संसद लगायत सबै गतिविधिलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ।

corrent noodles
Metro Mart

कोभिड १९ अवस्था अनुमान योग्य नभएको चर्चा गर्दै उनले अब यससँगै अभ्यस्त हुनुपर्ने बताए।  लामो समय बन्दाबन्दी हुँदा आर्थिक गतिविधि प्रभावित भएकाले लकडाउन खुल्ला भएको बताउँदै उनले कोभिड नियन्त्रणमा सबैको भूमिका आवश्यक रहेको चर्चा गरे।

संघीय संसदको हिउँदे अधिवेशन सञ्चालनका लागि उच्च स्वास्थ्य सतर्कता अपनाउनुपर्ने बताउँदै उनले त्यसका लागि तयारी भइरहेको जानकारी दिए।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङफेले संघीय संसदको नियमित अधिवेशन आव्हानको तयारी भइरहेको बताइन्। संसदले हालसम्मका कार्यमा कति प्रगति भयो भनेर समीक्षा गर्नुपर्ने बताउँदै व्यबहार परिवर्तको विषयमा पनि ध्यान दिइनुपर्नेमा जोड दिइन्।

राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले संसदको यो अवधिमा कति कानुन निर्माण गर्न सक्यौं, सामाजिक न्यायका लागि कति कामगर्न सक्यौं भनेर समीक्षा गरिनुपर्ने बताइन्।

भोलि शनिबारसम्म चल्ने कार्यक्रमको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

कार्यक्रममा गण्डकी प्रदेशका सभामुख, उपसभामुख र प्रदेश नम्बर २ का उपसभामुख भर्चुुुअल माध्यमबाट सहभागी छन् भने अन्य प्रदेशका सभामुख र उपसभामुख कार्यक्रममा उपस्थित छन्।

प्रकाशित: Nov 27, 2020| 07:24 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।