बिहीबार, वैशाख २७, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा जारी, न्यूनतम साझा कार्यक्रम बनाइने

सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा जारी, न्यूनतम साझा कार्यक्रम बनाइने

सत्तारुढ गठबन्धनले सरकार संचालनमा सहयोग गर्न भन्दै बनाएको कार्यदलको बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं– सत्तारुढ गठबन्धनले सरकार संचालनमा सहयोग गर्न भन्दै बनाएको कार्यदलको बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो। 

triton college

बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने बारे छलफल भइरहेको छ। बालुवाटार स्रोतका अनुसार आजको बैठकले न्यूनत साझा कार्यक्रमको अन्तिमरुप दिनेछ।  

आइतबार कार्यदलका केही नेताहरूले कार्यक्रमको मस्यौदा तयार गरेको र त्यसलाई आज अन्तिमरुप दिने तयारी भएको कार्यदलका एक सदस्यले जानकारी दिए।  

कार्यदलले कोरोना नियन्त्रण र  केपी शर्मा ओली नेतृत्व सरकारले विधि मिचेर गरेका नियुक्ति उल्टाउन सिफारिस गर्ने बताइएको छ। 

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादीबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य छन्।

corrent noodles
Metro Mart

प्रकाशित: Aug 02, 2021| 10:54 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...