शुक्रबार, वैशाख १४, २०८१

एक दिन हामी आकाशमा सँगै फुटबल खेल्नेछौं डिएगो : पेले

धेरैले उनको फुटबल जादुको स्मरण गरिरहेका छन्। उनको निधनमा अर्का हस्ती पेले पनि भावुक बनेका छन्। 
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

महान् फुटबलर डिएगो म्याराडोना जति लोकप्रिय छन्, त्यति नै विवादास्पद पनि। फुटबलमा देखाएको जादुका कारण उनको विवादास्पद भूमिका सधैं ओझेलमा पर्छ। 

triton college

हृदयाघातका कारण दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका म्याराडोना ६० वर्षका उमेरमा बुधबार निधन भएको छ। उनको निधनले अर्जेन्टिना मात्र होइन, संसारका धेरै फुटबल प्रेमी शोकमा छन्। 

धेरैले उनको फुटबल जादुको स्मरण गरिरहेका छन्। उनको निधनमा अर्का हस्ती पेले पनि भावुक बनेका छन्। 

‘एक दिन हामीले आकाशमा सँगै बल हान्नेछौं, डियगो। तिमीजस्तो मित्र गुमाउनुपर्दा धेरै दुःखी छु’, पेलेले रोयटर्ससँग भने। 

हुन त पेल र म्याराडोना समकक्षी खेलाडी होइनन्। म्याराडोना व्यावसायिक खेलमा लाग्नुअघि नै पेलेले बाज्रिललाई तेस्रो पटक फिफा विश्वकपको उपाधि चुमाइसकेका थिए। 

corrent noodles
Metro Mart

मैदानमा सँगै नखेले पनि पेले र म्याराडोना राम्रा साथी र प्रतिद्वन्द्वी हुन्। त्यसैले फुटबलमा उनीहरुलाई ‘ग्रेटेस्ट अफ अल टाइम’ का उपनामले चिनिन्छ।

पेलेले ब्रजिलको राष्ट्रिय टिमबाट सन् १९५८, १९६२ र १९७० मा फिफा विश्वकप खेलेका थिए। तीनै पटक ब्राजिलले विश्वकप जितेको थियो।

सन् १९६६ को विश्वकपमा भने ब्राजिल समूह चरणबाटै बाहिरिएको थियो। जुन खेलमा पेले घाइते थिए।

म्याराडोनाले सन् १८८६ मा अर्जेन्टिनालाई फिफा विश्वकप जिताएका थिए। तर अर्जेन्टिनाले विश्वकप जित्दा म्याराडोनाले गरेको गोल विवादित थियो। 

विश्वकप क्वार्टरफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्डबीच प्रतिस्पर्धा भएको थियो। दुवै देशका लागि यो खेल तनावपूर्ण थियो। कारण दुई देशबीच चार वर्षअघि मात्र फकल्यान्ड टापुमा युद्ध भएको थियो। २२ जुनमा भएको खेलको ५१ औं मिनेटमा  म्याराडोनाले विपक्षी टिमको पोस्टमा गोल प्रहार गरे। 

उनले इंगल्यान्डविरुद्धको खेलमा हातले गोल गरेका थिए। यद्यपि उक्त गोल म्याराडोनाको हातबाट भएको थियो भनेर रेफ्रीले थाहै पाएनन्। त्यसको रहस्य खुलेपछि म्याराडोनाले भनेका थिए, ‘थोरै आफ्नै शिरले र थोरै चाहिँ भगवान्को हातले गोल भएको हो।’

यही गोलका कारण म्याराडोनाको खेल जीवन निकै उचाइमा पुगेको थियो।

१९९० मा म्याराडोना फेरि विश्वकप चुम्ने अठोटमा थिए। तर अघिल्लोपटकको जस्तो प्रदर्शन गर्न सकेनन्। फाइनलमा अर्जेन्टिनाले पश्चिम जर्मनीसँग पराजित भएको थियो।

म्याराडोनाले फुटबल खेलको सुरुवात अर्जेन्टिनाको अर्जेन्टिनोस जुनियर्स क्लबबाट गरेका थिए। त्यसपछि उनी राजधानी ब्युनस आयरसको क्लब बोका जुनियर्समा आबद्ध भए। 

बोका जुनियर्स उनको पितालाई पनि मन पर्ने क्लब थियो। सन् १९८१ मा उनले बोका जुनियर्सका लागि डोमेस्टिक लिगमा विजय हासिल गरे। 

तर उनी अर्जेन्टिनामा धेरै समय बसेनन्। उनको व्यावसायिक फुटबल जीवन युरोपतर्फ केन्द्रित भयो। सन् १९८२ मा उनी स्पेनिस क्लब बार्सिलोनामा आबद्ध भए। 

उनलाई बार्सिलोनाले ७३ लाख डलरमा अनुबन्ध गरेको थियो। तर उनी त्यहाँ त्यति खुसी भएनन्। मुख्य प्रशिक्षक उदो लात्तेकसँग प्रायः मतभेद भइरह्यो। 

यसै बेला उनलाई सहरको रात्रिजीवनले आकर्षित गर्यो। बिस्तारै उनी लागूपदार्थको दुर्व्यसनमा लागे। 

१९८४ मा म्याराडोना इटालीको फुटबल क्लब नेपोलीमा आबद्ध भए। जहाँ उनले डेढ करोड डलर पाएका थिए। नेपोली निकै पिछडिएको क्लब थियो। 

म्याराडोनाको प्रवेशपछि क्लबको भाग्य नै चम्कियो। १९८४ देखि १९८९ सम्म उनले नेपोलीलाई दुई पटक लिग विजेता बनाए। त्यसपछि युरोपकै प्रतिष्ठित यूईएफए कप जिताउन पनि म्याराडोनाको भूमिका महत्त्वपूर्ण रह्यो। 

उनले नेपोलीमा सात सिजन खेले। त्यस्तै उनले सेभियामा पनि दुई सिजन बिताएका थिए।

म्याराडोनाले धेरैले हिरो मान्छन्। तर उनको विवादास्पद गतिविधिबारे पनि प्रशंसक त्यत्तिकै जानकार छन्। 

लागूपदार्थको दुर्व्यसनीका कारण उनीमाथि कहिलेकाहीं कानुनी दण्ड पनि हुन्थ्यो। तर फुटबलप्रेमीका अगाडि उनका सबै खराब कार्य ओझेलमा पर्थे। उनको लोकप्रियतामा कमी आउँदैनथ्यो।

१९९२ मा उनी युरोपबाट स्वदेश फर्किए। त्यहाँ पत्रकारमाथि एयर गन चलाएको अभियोगमा उनलाई केही समय जेल सजाय गरिएको थियो। १९९६ मा डोपिङमा परेपछि उनी १५ महिनासम्म निलम्बनमा परेका थिए। 

२५ अक्टोबर १९९७ मा उनले बोका जुनियर्सका लागि जीवनकै अन्तिम खेल खेलेका थिए। ३७ वर्षको उमेरमा कौशल र विवादमै रहेर उनको सक्रिय खेल जीवनको अन्त्य भएको थियो।

प्रशिक्षकको भूमिकामा कमजोर

म्याराडोना २००८ मा अर्जेन्टिनी फुटबलका मुख्य प्रशिक्षकमा नियुक्त भए। तर उनले प्रशिक्षकको भूमिका त्यति प्रभावकारी भएन। दुई वर्षपछि उनलाई प्रशिक्षकबाट हटाइयो। उनले विभिन्न देशका क्लबमा प्रशिक्षकका रुपमा काम गरे पनि सफल हुन सकेनन्।

प्रशंसक नै क्रूद्ध

अर्जेन्टिनाको राष्ट्रिय टिममा १९७७ देखि १९९४ सम्म योगदान दिएका म्याराडोना बदनाम, असाधारण, अद्धभुत, जिनियस र रिसाहा नामले चिनिन्छन्। खेल कौशलले मन्त्रमुग्ध पार्ने गरेका उनी कुनै बेला समर्थकलाई रिसाउन बाध्य बनाउँथे।

उनले ४९१ खेलमा २५९ गोल गरेका छन्। २० औं शताब्दीकै उत्कृष्ट खेलाडीका रुपमा पनि म्याराडोनाले पेलेलाई पछि छोडिदिए। तर फिफाले भोटिङको नियम बदलेर दुवै खेलाडीलाई सम्मान गरेको थियो।

म्याराडोनाको चतुर्याइँ, गति, नजर, फुटबललाई काबुमा राख्न सक्ने क्षमता र ड्रिबलिंग्सजस्ता गुणका कारण उनी महान् खेलाडीका रुपमा लिइरहन प्रेरित गर्छ।

लामो समयदेखि अस्वस्थ

म्याराडोनाको टाइग्रेस्थित निजी निवास सन आन्द्रेसमा निधन भएको हो। मस्तिष्कमा ब्लट कटको शल्यक्रियापछि उनी सोही ठाउँमा बसोवास गरिरहेका थिए।

केही समयअघि मात्र अस्पतालबाट डिस्चार्ज भएका म्याराडोनाको स्वास्थ्य पनि सुधारोन्मुख थियो। तर एकैपटकको हृदयाघातका कारण उनलाई मृत्युको मुखमा पुर्यायो। 

फुटबलमा संन्यास लिएपछि म्याराडोना स्वास्थ्य समस्यासँग जुध्दै आएका थिए। 

सन् २००० मा उनले क्युबामा रिहाब सुविधा लिएका थिए। त्यस्तै फोक्सोको इन्फेक्सनका कारण २००४ मा उनलाई मुटुको समस्या देखा परेको थियो। 

सन् २००५ मा पनि अस्पताल भर्ना भएका म्यारोडोनालाई अधिक अल्कोहल सेवनका कारण २००७ मा पनि फिजिकल डिकम्पेन्सेसनका लागि टक्सिक एक्युट हेपाटाइटिस डाइगोनोसिस गरिएको थियो।

सन् २०१२ मा उनको मिर्गौलामा पत्थरी भएको थियो भने उनी ग्यास्ट्रिकका पनि बिरामी थिए।
 

प्रकाशित: Nov 26, 2020| 10:29 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।