शनिबार, वैशाख १५, २०८१

उत्कृष्ट उद्यमी सम्मानित

घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ।
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

तनहुँ– घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ। छैटौँ उद्योग दिवसको अवसरमा मंगलबार कार्यालयले चार उद्यमीलाई सम्मान गरेको हो।

triton college

औद्योगिक विकासको क्षेत्रमा योगदान पुर्याएवापत सफल उद्यमीको रूपमा व्यास नगरपालिका २ स्थित दीपेन्द्र सुज सेन्टर, बन्दीपुर गाउँपालिका ५ स्थित तिवारी फर्निचर उद्योग, व्यास नगरपालिका १ स्थित पुष्प होजियारी स्वीटर उद्योग र व्यास नगरपालिका ५ स्थित सुवोध फुड्स सम्मानित भएका छन्।

जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख पवित्रा पौडेलले सफल उद्यमीलाई सम्मानपत्र प्रदान गरेका थिए। त्यस अवसरमा पौडेलले सरकारले औद्योगिक विकासका लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने बताए।  

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले औद्योगिक विकासका लागि राम्रो वातावरण सिर्जना गर्न हरेक क्षेत्रबाट सहयोग पुर्याउनुपर्ने धारणा राखे। घरेलु कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले स्थानीयस्तरमा रोजगारी प्राप्त गराउन कार्यालयले सीपमूलक तालिम सञ्चालन गर्दै आइरहेको बताए।  

प्रकाशित: Nov 25, 2020| 03:27 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।