शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आज चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना, यस्तो हुनेछ तीन दिनको मौसम 

आज चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना, यस्तो हुनेछ तीन दिनको मौसम 

पश्चिमी वायुको प्रभावका कारण आज देशका चार वटा प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

 काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण आज देशका चार वटा प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

triton college

वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको हो ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा दिउँसो सामान्य वर्षाको सम्भावना रहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । 

राति वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा सामान्य बद्ली रही प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी  तथा हिमाली भेगमा हिमपात र पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ । 

उनका अनुसार पश्चिमी वायु कमजोर बन्दै गएपनि चिसो भने बढ्दै गएको छ।  आज (बुधबार) बिहान काठमाडौं उपत्यकाको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ। 

corrent noodles
Metro Mart

आज र भोलि देशभर नै पारिलो घाम लाग्ने सम्भावना नरहेको मौसमविद् बासीले जानारी दिएन् । 

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

मंसिर १० गते (बुधबार)

दिउँसो : बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ । बाग्मती,गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपात हुनुका साथै सुदुरपश्चिम र कर्णाली प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति : प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक वदली रहनेछ। प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। देशको पहाडी भु-भागको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

 मंसिर ११ गते (बिहिबार)

दिउँसो : देशका पहाडि भु-भागमा आंशिक देखि सामान्य बदलि र बाँकि भु- आंशिक बदलि रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम  प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै प्रदेश नं १ का  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा  हल्का हिमपातको सम्भावना रहेको छ।

राति : देशका पहाडि भु-भागमा आंशिक देखि सामान्य बदलि र बाँकि भु- आंशिक बदलि रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंसिर १२ गते (शुक्रबार)

दिउँसो : बाग्मती प्रदेश, प्रदेश नं २ र  प्रदेश नं १ मा आंशिक देखि सामान्य बदलि र बाँकि प्रदेशका पहाडी भु-भागमा  आंशिक बदलि रही अन्य भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। । बाग्मती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति :  प्रदेश नं १ मा आंशिक बदलि रही बाँकि भु-भामा मौसम सामान्यतया सफा रहनेछ । 

प्रकाशित: Nov 25, 2020| 02:15 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।