शुक्रबार, वैशाख १४, २०८१

मदिरा उद्योगी विजयकुमार सबैभन्दा ठूला करदाता

गत आर्थिक वर्ष २०७६–०७७ मा सबैभन्दा बढी आयकर विजयकुमार शाहले तिरेका छन्।
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं– गत आर्थिक वर्ष २०७६–०७७ मा सबैभन्दा बढी आयकर विजयकुमार शाहले तिरेका छन्। आन्तरिक राजस्व विभागले नवौं कर दिवस समापन कार्यक्रमका अवसरमा आज बढी आयकर तिर्नेको नाम घोषणा गरेको हो।

triton college

यसअघि लामो समयसम्म बढी आयकर तिर्नेमा सिद्धार्थ राणा पर्थे। यस वर्ष भने राणालाई शाहले उछिनेका छन्। शाहको आफ्नै मदिरा उद्योग छ। उनको कम्पनीले रुस्लान भोड्का, गोल्डेन ओकलगायत मदिरा उत्पादन गरिरहेको छ। 

प्रत्येक वर्ष मंसिर १ देखि ७ गतेसम्म आन्तरिक राजस्व विभागले कर दिवस मनाउने गरेको छ। यस वर्ष भने कोरोना महामारीका कारण विभागले औपचारिक रुपमा मनाउन पाएन। 

विभागका अनुसार आइतबार राजस्व सचिव रामशरण पुडासैनीको अध्यक्षतामा १५ उत्कृष्ट करदाताको नाम सार्वजनिक गरिएको हो। कोरोना संक्रमण सकिएपछि विभागले औपचारिक कार्यक्रम आयोजना गरेर नै उत्कृष्ट करदातालाई सम्मान गर्ने जनाएको छ। 

सवैभन्दा बढी आयकर तिर्ने बहुराष्ट्रिय कम्पनीमा सूर्य नेपाल परेको छ। सबैभन्दा बढी आयकर तिर्ने विप्रेषण कम्पनीमा आइएमई रेमिट्यान्स, व्यापार–व्यवसायमा अग्नि इन्कर्पोरेटेड, निर्याततर्फ डावर नेपाल, हिमाल पावर कम्पनी छन्। 

corrent noodles
Metro Mart

कृषितर्फ अन्नपूर्ण एग्रोभेट प्राइभेट लिमिटेड, बैंकतर्फ नबिल बैंक, सहकारी तथा लघुवित्ततर्फ छिमेकी लघुवित्त, बिमातर्फ नेपाल पुनर्बिमा कम्पनी रहेको विभागले जनाएको छ। 

त्यस्तै शिक्षण सेवातर्फ मणिपाल मेडिकल, पर्यटनतर्फ तारागाउँ रिजेन्सी, मध्यमस्तरीय करदातामध्ये सबैभन्दा धेरै कर तिर्नेमा कामना सेवा विकास बैंक छन्। सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नेमा भने घोराही सिमेन्ट उद्योग छ।

प्रकाशित: Nov 22, 2020| 11:35 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्