शुक्रबार, वैशाख १४, २०८१

एनएलजी इन्स्योरेन्सको साधारणसभा सम्पन्न

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा आज शुक्रबार वेबिनार मार्फत् केन्द्रीय कार्यालय काठमाडौंमा सम्पन्न भएको छ। 
 |  शुक्रबार, मंसिर ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०७७

काठमाडौं– एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा आज शुक्रबार वेबिनार मार्फत् केन्द्रीय कार्यालय काठमाडौंमा सम्पन्न भएको छ। 

triton college

साधारणसभाले संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५–०७६ को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्तको वासलात, २०७ं५–०४–०१ देखि २०७६–०३–३१ सम्मको नाफा—नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरुलगायत अन्य विषयसूचीमा छलफल भई पारित गर्ने निर्णय गरेको छ।

कम्पनीका अध्यक्ष विमलप्रसाद वाग्लेले आ.व. २०७५–०७६ सम्मको संचित मुनाफाबाट ६० प्रतिशत हकप्रद शेयर जारी पश्चात कायम भएको चुक्ता पूँजी रु. १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँको ७ प्रतिशका दरले हुन आउने रकम ७ करोड १७ लाख २५ हजार ५०० बोनस सेयर वितरण गर्ने र सोमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.३७ प्रतिशतका दरले हुन आउने रकम रु. ३७ लाख ७५ हजार २६ रुपैयाँ नगद लाभांश प्रदान गर्ने जानकारी गराए।

समूह ख को सेयर सहज बिक्रीवितरण गर्ने प्रयोजनका लागि सो समूहलाई आवश्यक समायोजन गर्न संस्थापक शेयरधनी समूहको न्यूनतम ५१ प्रतिशत हुनुपर्ने वर्तमान प्रावधानलाई दृष्टिगत गरी शेयरधनी समूह ख मा रहेको शेयर संख्याको ५ प्रतिशत समानुपातिक हिसाबले संस्थापक समूह क मा र बाँकी ९५ प्रतिशत सर्वसाधारण समूहमा समायोजन गरी मिलान गर्न नियामक निकायको आवश्यक स्वीकति लिई गरिने उनले बताए।

कम्पनीको आ.व. २०७५–०७६ को वित्तीय विवरण यस्तो छ–

corrent noodles
Metro Mart

कुल बीमा शुल्क आम्दानी—    रु. १६६ करोड ६० लाख

खुद बीमा शुल्क आम्दानी—    रु. ७० करोड १७ लाख

खुद नाफा—    रु. २० करोड २४ लाख

कम्पनीको कूल लगानीमा गत आर्थिक वर्षको तुलनामा ८.७६ प्रतिशतले बृद्धि भई २०७६ साल आषाढ मसान्तमा रु. २१३ करोड ४८ लाख पुगेको छ ।

आ.व. २०७५¬–०७६ मा कम्पनीको कूल कारोबार गत आ.व. २०७४–०७५ कोे तुलनामा १०.७१ प्रतिशतले बृद्धि भई रु. १६६.६० करोड बीमा शुल्क आर्जन गरेको छ। सबै पोर्टफोलियोहरु निरन्तर वृद्धिमा रहेको कम्पनीले जनाएको छ।

कम्पनीले विभिन्न सामाजिक कार्यहरुका लागि पनि सहयोग गर्दै आइरहेको  छ। 

प्रकाशित: Nov 20, 2020| 07:50 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्