शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नवलपरासीमा निर्माण हुँदै तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र

नवलपरासीमा निर्माण हुँदै तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माणको पहिलो चरणको काम सुरु गरिएको छ। 
 |  शुक्रबार, मंसिर ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०७७

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माणको पहिलो चरणको काम सुरु गरिएको छ। 

triton college

रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडले राजधानीबाहिर यति ठूलो क्षमतामा पहिलो चिस्यान केन्द्र निर्माण गर्न लागेको कम्पनीका अध्यक्ष नेत्र थनेतले बताए।

साइड अफिस, कम्पाउण्डवाल र पार्किङस्थल निर्माणको काम थालनी गरिएको अध्यक्ष थनेतले जानकारी दिए।  आउँदो पुस महिनाभित्र पहिलो चरणको काम सकिने र त्यसलगत्तै दोस्रो चरण (सिभिलको) काम थालनी गरिने उनले बताए। 

जर्मन प्रविधिबाट निर्माण गरिने चिस्यान केन्द्र आधुनिक हुनेछ। केन्द्रमा आठवटा च्याम्बर रहनेछन्, जहाँ फलफूल, तरकारी र मासु भण्डारण गरिनेछ। 

किसानले चिस्यान केन्द्रलाई आफ्ना उत्पादन बेच्न सक्नेछन् भने भाडामा लिएर आफ्ना सामान राख्न चाहनेका लागि पनि सेवा उपलब्ध हुने थनेतले जानकारी दिए।

corrent noodles
Metro Mart

अध्यक्ष थनेतका अनुसार केन्द्र, प्रदेश र ‘रिटर्नी’ नेपालीको लगानी गरी २० करोडको लागतमा नवलपुर चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो। 

‘प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजी स्वदेशका लागि’ भन्ने नारा लिएर विदेशबाट फर्किएका नेपालीको पहलमा उक्त चिस्यान केन्द्र निर्माण हुन लागेको हो। 

वैदेशिक रोजगारमा आर्जेको सीप र ज्ञानलाई आफ्नै माटोमा प्रयोग गरेर आत्मनिर्भर बन्ने र देशलाई पनि समृद्धिको बाटोमा अगाडि बढाउन सहयोग पुर्याउने उद्देश्यले रिटर्नीहरुको पहलमा चिस्यान केन्द्र निर्माण गर्न लागेको अध्यक्ष थनेतले बताए।  

प्रकाशित: Nov 20, 2020| 02:47 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्