शुक्रबार, वैशाख २८, २०८१

 ठूलो परिमाणमा कपडासहित भ्यान र चालक पक्राउ

ठूलो परिमाणमा अवैध कपडासहित पिकअप भ्यान र चालकलाई प्रहरीले पक्राउ गरेको छ। 
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

सिराहा– ठूलो परिमाणमा अवैध कपडासहित पिकअप भ्यान र चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

triton college

इलाका प्रहरी कार्यालय बन्दीपुर सिराहाबाट खटिएको प्रहरी टोलीले १७ लाख २६ हजारभन्दा बढी मूल्य बराबरको अवैध कपडासहित पिकअप भ्यान र त्यसका चालक सुनसरीको गढी गाउँपालिका ४ का २१ वर्षीय सूर्यलाल उराउलाई पक्राउ गरेको हो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ च २७८४ नम्बरको पिकअप भ्यानलाई रोकेर जाँच गर्दा सो भ्यानमा सुती साडी, कढाइ साडी, वायल कपडालगायतका ३५ पोका कपडा शंकास्पद पाइएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए।  

स्वस्तिका टे्डर्स एण्ड सप्लायर्स विराटनगर १४ को छ थान बिलपूर्जी र राजस्व अनुसन्धान विभागको अनलाइन बिल पूर्जी एक थान फेला परेकामा सो बिल पूर्जीहरु शंकास्पद रहेकाले नियन्त्रणमा लिइ कारवाहीका लागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरी नायब उपरीक्षक शर्माले बताए। 

प्रकाशित: Nov 19, 2020| 00:51 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।