शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • निजी मोटरसाइकलमा कर छुट माग्दै सांसदले पठाइन् यातायात कार्यालयलाई पत्र

निजी मोटरसाइकलमा कर छुट माग्दै सांसदले पठाइन् यातायात कार्यालयलाई पत्र

नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य प्रमिला कुमारी यादवले स्वकीय सचिव समेत रहेकाआफ्ना पति अशोक कुमार यादवको मोटरसाइकलमा कर छुट गरिदिन भन्दै सिरहास्थित यातायात कार्यालय लहानलाई पत्र लेखेकी हुन्।
 |  सोमबार, असोज ११, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

सोमबार, असोज ११, २०७८

जनकपुरधाम- प्रदेश २ का एकजना प्रदेशसभा सदस्यले मोटरसाइकलमा कर छुटका लागि निवेदनसहित यातायात कार्यालयलाई पत्र लेखेकी छन्। नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य प्रमिला कुमारी यादवले स्वकीय सचिव समेत रहेकाआफ्ना पति अशोक कुमार यादवको मोटरसाइकलमा कर छुट गरिदिन भन्दै सिरहास्थित यातायात कार्यालय लहानलाई पत्र लेखेकी हुन्।

triton college

प्रदेशसभा सदस्य यादवले आफ्नो पति अशोकले चलाउँदै आएको स.३ प. ८८४८ नम्बरको मोटरसाइकलको २०७८ सालको कर छुट गरिदिन यातायात कार्यालयलाई आफ्नै लेटरप्याडमा निवेदन लेखेको पाइएको छ।

सो निवेदन लिएर सोमबार अशोक यातायात कार्यालय लहान पुगेका थिए। यातायात कार्यालय लहानले कर छुट गर्न नमिल्ने भन्दै उनलाई त्यहाँबाट फर्काएको थियो। कार्यालय प्रमुख मीन भट्टराईले अर्थमन्त्री आए पनि कर छुट गर्न नसकिने प्रतिक्रिया दिए। उनले कर छुटका लागि मन्त्रिस्तरकै निर्णय हुनुपर्ने कुरा उनलाई सम्झाएर फिर्ता पठाइएको बताए। 

कर छुट नभएपछि अशोकले करवापतको रकम कार्यालयलाई तिरेको भट्टराईले बताए। जबकि प्रदेशसभा सदस्य यादव सप्तरीमा सम्पन्न परिवारमध्ये पर्छन्। यस सम्बन्धमा प्रदेशसभा सदस्य यादवले आफूलाई कुनै जानकारी नरहेको प्रतिक्रिया दिइन्। उनले आफ्नो पतिलाई कसैले उक्साएर लेटरप्याड प्रयोग गर्न सुझाव दिएको हुनसक्ने आशंका व्यक्त गरिन्।

प्रकाशित: Sep 27, 2021| 19:42 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।