शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • परराष्ट्रमन्त्रीको शपथ विवादित बनेपछि विधेयक ल्याउने सरकारको निर्णय

परराष्ट्रमन्त्रीको शपथ विवादित बनेपछि विधेयक ल्याउने सरकारको निर्णय

सरकारले संघीय संसद्‍मा सपथ विधेयक पेस गर्ने निर्णय गरेको छ।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं- सरकारले संघीय संसद्‍मा शपथ विधेयक पेस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक पदमा नियुक्त व्यक्तिले गर्नुपर्ने शपथ सम्बन्धी विधेयक संसद्‍मा पेस गर्न स्वीकृति दिएको सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

triton college

सार्वजनिक व्यक्तिले लिनुपर्ने शपथसम्बन्धी व्यवस्था नै लागू नभएको अवस्थामा परराष्ट्रमन्त्री डा नारायण खड्काले कार्यान्वयनमा नरहेको कानुनको ढाँचामा शपथ लिएको भन्दै विवाद भएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शपथसम्बन्धी अध्यादेश ल्याएका थिए। सोही अनुसार खड्काले पनि राष्ट्रपतिसँग शपथ लिएका थिए। तर गत जेठ ६ मा ओली सरकारले ल्याएको शपथसम्बन्धी अध्यादेश निष्क्रिय भइसकेको छ।

कानुनविद्हरूले खड्काको नियुक्ति असंवैधानिक भएको भन्दै विरोध गरेका थिए। 

प्रकाशित: Sep 27, 2021| 19:18 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...