शनिबार, वैशाख १५, २०८१

बैतडी बस दुर्घटना,  नौ शव आफन्तलाई बुझाइयो

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार दुर्घटनामा परी मृत्यु भएका नौजना सबैको शव आफन्तलाई बुझाइएको छ।
 |  शनिबार, कात्तिक २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २९, २०७७

बैतडी-  दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार दुर्घटनामा परी मृत्यु भएका नौजना सबैको शव आफन्तलाई बुझाइएको छ। दुर्घटनामा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका दुईदुईजनाको ज्यान गएको थियो। 

triton college

शुक्रबार साँझ शव परीक्षण गरी अन्तिम संस्कारका लागि आफन्तलाई शव बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

बिहीबार राति भएको यात्रुवाहक बस दुर्घटनामा बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार–६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कवीन्द्र जोशी, कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की र दार्चुलाको लेकम गाउँपालिका–४ का तर्कराज गिरीको मृत्यु भएको थियो।

यस्तै, दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० विजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका–४ का नरेन्द्र चौधरी, धनगढी उपमहानगरपालिका–१८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको थियो। सबैको शव आफन्तलाई बुझाइएको छ।

सो दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनाको धनगढीमा उपचार भइरहेको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

corrent noodles
Metro Mart

बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना५ख ५१४१ नंको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको थियो। बस सडकबाट ६०० मिटर तल खसेको थियो।

यसैबीच बस दुर्घटनामा मृत्यु भएका सबैका परिवारलाई किरिया खर्च उपलब्ध गराएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा पवनदूत अटो मेनेजमेन्ट प्रालिले जनही रु ५० हजारका दरले किरिया खर्च उपलब्ध गराइएको प्रालिका प्रबन्धक वीरेन्द्रबहादुर शाहले बताए। 

चालक प्रहरी नियन्त्रणमा, सवारी ज्यान मुद्दा 

नौ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार राति भएको बस दुर्घटना प्रकरणमा अनुसन्धानका लागि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

दोगडाकेदार गाउँपालिका–७ खोचलेक घर भएका चालक वीरेन्द्र कार्कीलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

दुर्घटना परी घाइते भएका कार्कीलाई माया मेट्रो अस्पताल धनगढीले डिस्चार्ज गरेलगत्तै शनिबार नियन्त्रणमा लिइएको हो। 

उनले भने, “कानुनी रुपमै प्रक्रिया अगाडि बढाएका छौँ, नियन्त्रणमा लिएका चालकमाथि सवारी ज्यान मुद्दाअन्तर्गत जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेका छौं।” नियन्त्रणमा लिइएका चालक आफैं साहुसमेत रहेका हुन्। रासस

प्रकाशित: Nov 14, 2020| 10:23 शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।