बिहीबार, वैशाख २७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सुदूरपश्चिममा प्रधानको समूहलाई सघाउने जिल्ला–नगरका अध्यक्षहरुको प्रतिबद्धता

सुदूरपश्चिममा प्रधानको समूहलाई सघाउने जिल्ला–नगरका अध्यक्षहरुको प्रतिबद्धता

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्नका लागि आगामी मंसिर दोस्रो साता हुने निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले देशव्यापी भ्रमणलाई तिव्र पारेका छन्। 
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्नका लागि आगामी मंसिर दोस्रो साता हुने निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले देशव्यापी भ्रमणलाई तिव्र पारेका छन्। 

triton college

यस क्रममा महासंघका भावी अध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्षहरु पशुपति मुरारका, जिल्ला नगर तर्फका उपाध्यक्षका प्रत्यासी दिनेश श्रेष्ठ लगायतसँग प्रधानले सुदूरपश्चिम प्रदेशको जिल्ला नगर संघका मतदातासँग भेटघाट गरेका छन् । 

आफ्ना उम्मेदवार तथा पूर्व अध्यक्षहरु सहित सुदूरपश्चिम पुगेका प्रधानलाई सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला संघले सर्वसम्मत् विजयी गराउने प्रतिबद्धता जनाएका छन् । 

महासंघमा किशोर प्रधान र दिनेश श्रेष्ठको धेरै लामो अनुभव भएकाले जिल्ला नगरको भावना बुझ्न सक्ने क्षमता भएका व्यक्तिलाई सर्वसम्मत निर्वाचित गरिनु पर्ने सुदूरपश्चिमका जिल्ला नगरका प्रतिनिधिहरुले बताएका छन् । 

बुधबार महेन्द्रनगरमा भएको मतदातासँगको भेटघाट कार्यक्रममा उपस्थित जिल्ला नगर उद्योग वाणिज्य संघका प्रतिनिधिले किशोर प्रधानलाई एकजुट भएरै निर्वाचित गराउने प्रतिबद्धता जनाएका हुन् । 

corrent noodles
Metro Mart

भावी अध्यक्षले समर्थन गरेको समूहलाई मत दिएको खण्डमा महासंघको नयाँ कार्यसमिति बलियो हुने जिल्ला नगरका अध्यक्षहरुको भनाइ छ । भावी अध्यक्षले समर्थन नगरेको समूह महासंघमा आउँदा कार्यसमिति कमजोर हुने भन्दै उनीहरुले प्रधानको समूहलाई मात्र नभई गोल्छालाई सघाउने प्रतिबद्धता जनाएका हुन् । 

कार्यक्रममा बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्द, बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकाया, डडेलधुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्ट, दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगल सिंह थगुना, बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प बहादुर कुवँर र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्लको सहभागिता थियो । 

डोटी र अछाम उद्योग वाणिज्य संघका अध्यक्षले भने भर्चुअल माध्यमबाट किशोर प्रधानलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए।

मतदाताहरुसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले महासंघको शाख जोगाउन र जिल्ला नगरका वास्तविक समस्याको पहिचान गर्दै समाधान गर्न जिल्ला नगरतर्फका व्यक्ति महासंघको नेतृत्वमा पुग्नुपर्ने बताएका थिए।
 

प्रकाशित: Nov 12, 2020| 09:04 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्