शुक्रबार, वैशाख १४, २०८१

प्रदेश १ मा कोरोना उपचारका लागि ५०० बेड थप्ने तयारी

प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५०० बेड थप गर्ने तयारी गरेको छ।
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

विराटनगर– प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५०० बेड थप गर्ने तयारी गरेको छ।

triton college

प्रदेशभर अक्सिजन, आईसीयू र भेन्टिलेटरसहितका बेड थप गर्न लागिएकाे सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए। 

कोरोना संक्रमितले अक्सिजन, आईसीयू र भेन्टिलेटरको खोजी गर्न थालेको उनले बताए। संक्रमितको माग अनुसार प्रदेश सरकारले तयारी गरेको उनले बताए। संस्थागत आइसोलेसनको औचित्य घट्दै गएको मन्त्री घिमिरेको भनाई छ। 

विराटनगरमा मंगलबार एक कार्यक्रममा मन्त्री घिमिरेले प्रदेश सरकार परिस्थितिको मागअनुसार अघि बढेको बताए। 
कोरोना संक्रमण एकनास नभएकाले संक्रमणको अवस्थाअनुसार योजना बनाउन स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई उनले निर्देशन दिए।

अबको चुनौती सामना गर्न स्थान विशेषको कोरोना नियन्त्रणको नीति बनाउन आवस्यक रहेको उनको भनाइ छ। 

corrent noodles
Metro Mart

कोरोना संक्रमणको कारण विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले भनेजस्तो भन्दा पनि स्थानीय स्तरको अवस्थाबारे पनि खोजी गर्न आवश्यक रहेकोमा उनको जोड छ। 

कोरोना संक्रमण नियन्त्रणका लागि सर्वसाधारणले सरकारी प्रोटोकल पालना नगरेको प्रति उनले गुनासो गरे । 

यसैबीच निजी क्षेत्रको सक्रियतामा विराटनगरमा नागरिक केयर सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको दुई करोड र निजी क्षेत्रको एक करोड ५० लाखको लागतमा अक्सिजन सहितको एक सय वेड निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।

नागरिक केयर सेन्टरको मंगलबार अनुगमन गर्दै सामाजिक विकास मन्त्री घिमिरेले करिव ७५ प्रतिशत काम सम्पन्न भएको बताए । 

 

प्रकाशित: Nov 10, 2020| 14:38 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।