शनिबार, वैशाख १५, २०८१

कर्णालीमा ९० हजारको पीसीआर परीक्षण

कर्णाली प्रदेशमा ९० हजार नागरिकको आरटी पीसीआर परीक्षण गरिएको छ। 
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

कर्णाली-  कर्णाली प्रदेशमा ९० हजार नागरिकको आरटी पीसीआर परीक्षण गरिएको छ। 

triton college

पीसीआर परीक्षण गरिएकामध्ये मंगलबार ४७ जना संक्रमित थपिएसँगै छ हजार २६८ जनामा संक्रमण देखिएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३२ जना कोरोना संक्रमणमुक्त भएसँगै हालसम्म हालसम्म कर्णालीमा पाँच हजार ६०१ जना निको भएर घर फर्केका छन्। 

आरटी पीसीआर परीक्षण गरिएकामध्ये सात प्रतिशतमा कोरोना संक्रमण देखिएको र त्यसमा ८९ प्रतिशत निको भई घर फिर्ता भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिए।

“पीसीआर परीक्षण सबैभन्दा बढी कर्णाली प्रदेश अस्पताल सुर्खेत ४६ हजार ३१६ गरेको छ,” उनले भने, “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले २७ हजार ३१८ र बाँकी दैलेख, रुकुमपश्चिम चौरजहारी अस्पताल, राप्ती, भेरी, नेपालगन्ज मेडिकल, अछाम र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो।” 

corrent noodles
Metro Mart

कुल परीक्षणमध्ये ८२ हजार ४३२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ।
       
वरिष्ठ जनस्वास्थ्य प्रशासक शाहीले भने, “भदौअघि संक्रमण मात्र देखिने बिरामीमा पछिल्लो समयमा लक्षणसहित संक्रमण देखिन थालेको छ। साउनसम्म कोरोना संक्रमणबाट छ जनाको मृत्यु भएकामा त्यसयता १० व्यक्तिले ज्यान गुमाउनुपरेको छ।” 

उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना पुष्टि भएका ४७ व्यक्तिमध्ये २४ जना सुर्खेत, जाजरकोट, दैलेख र जुम्ला, दुईदुई, रुकुमपश्चिम एक र अन्य प्रदेशका १६ छन्। 

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ४६ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा एक जनामा कोरोना पोजेटिभ देखिएको प्रमुख शाहीको भनाइ छ।

जिल्लागत आधारमा हालसम्म कोरोना संक्रमित व्यक्तिहरुमा सुर्खेतका दुई हजार ७०७, दैलेखका एक हजार ५४९, सल्यानका ५२२, जुम्लाका ३४२, कालिकोटका ३०७, रुकुमपश्चिमका १९०, जाजरकोटका ११२, हुम्लाका ३४, मुगुका ३३, डोल्पाका १५ र अन्य प्रदेशका ४५५ जना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जनाएको छ। -रासस

प्रकाशित: Nov 10, 2020| 13:25 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।