शुक्रबार, वैशाख १४, २०८१

कोरोना संक्रमणबाट मोरङमा थप ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा मोरङमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। 
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

विराटनगर- पछिल्लो २४ घण्टामा मोरङमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। 

triton college

मोरङको बूढीगंगाको विराट शिक्षण अस्तपालमा २, नोबेल शिक्षण अस्पताल विराटनगरमा १ र म्याक्स अस्पतालमा १ जनाको मृत्यु भएको हो।

विराट शिक्षण अस्पतालमा मोरङको केराबारीका पुरुष र सुनसरीको धरानकी महिलाको मृत्यु भएको छ। अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार केराबारी गाउँपालिका-३ का ५९ वर्षीय पुरुषको आज (आइतबार) बिहान साढे १० बजे मृत्यु भएको छ।

कोरोना संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि कात्तिक ११ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएको देवले बताए। 

सुनसरीको धरान उपमहानगरपालिका-१ की ७२ वर्षीया वृद्धाको बिहान साढे ८ बजेतिर मृत्यु भएको छ। कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक १४ गते वृद्धालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी देवले दिए। 

corrent noodles
Metro Mart

नोबेल शिक्षण अस्पताल विराटनगरमा विराटनगर-९ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ। बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।

उनका अनुसार कोरोना पुष्टि भएपछि वृद्धलाई कात्तिक २० गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

विराटनगरको म्याक्स अस्पतालमा झापाको दमक नगरपालिका–६ का ८३ वर्षीय वृद्ध पुरुषको दिउँसो साढे १ बजेतिर मृत्यु भएको छ।

अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताका अनुसार कोरोना संक्रमणसँगै ज्वरो आउने र श्वासप्रश्वासको समस्या थपिएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो। 

प्रकाशित: Nov 08, 2020| 12:33 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।