शुक्रबार, वैशाख १४, २०८१

तीन दिनमा थपियो १८ अर्ब निक्षेप, कर्जा ३ अर्ब कम 

दसैंको एक हप्तामा वाणिज्य बैंकहरुको निक्षेप १८ अर्ब रुपैयाँले बढेको छ भने कर्जा ३ अर्ब रुपैयाँ घटेको छ। 
 |  सोमबार, कात्तिक १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १७, २०७७

काठमाडौं– दसैंको एक हप्तामा वाणिज्य बैंकहरुको निक्षेप १८ अर्ब रुपैयाँले बढेको छ भने कर्जा ३ अर्ब रुपैयाँ घटेको छ। 

triton college

नेपाल बैंकर्स संघका अनुसार कात्तिक ७ देखि १४ गतेसम्ममा वाणिज्य बैंकहरुको निक्षेपमा भारी वृद्धि भएको हो। कात्तिक ६ गते वाणिज्य बैंकहरुको निक्षेप ३६ खर्ब १५ अर्ब रहेकोमा १४ गतेसम्ममा ३६ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ।

कात्तिक ६ गतेसम्म खुलेका बैंकहरुमा कात्तिक ७ गतेदेखि ११ गतेसम्म दसैं बिदा थियो। कात्तिक १२ गतेदेखि खुलेको बैंकमा जम्मा ३ दिनमा १८ अर्ब रुपैयाँ निक्षेप थपिएको संघले जनाएको छ। 

सरकारी जागिरे तथा निजी क्षेत्रमा काम गर्ने पनि कतिपयले दसैं खर्चबापत थप एक महिनाको तलब पाएको र कोरोनाका कारण खर्च गर्ने ठाउँ नहुँदा धेरैजसोले बचत गरेकोले बचतमा वृद्धि भएको संघले जनाएको छ। 

त्यस्तै कर्जातर्फ भने ३ दिनमा ३ अर्ब रुपैयाँले कमी आएको छ। कात्तिक ६ गते ३० खर्ब २३ अर्ब रुपैयाँ रहेको कर्जा लगानी कात्तिक १४ गते तीन अर्ब रुपैयाँले कमी आई ३० खर्ब २० अर्ब रुपैयाँमा झरेको संघले जनाएको छ। 
 

corrent noodles
Metro Mart

प्रकाशित: Nov 02, 2020| 11:40 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्