शुक्रबार, वैशाख १४, २०८१

सरकार, कोरोना र दसैं 

सुरुमा प्रधानमन्त्री केपी ओलीले नै यसलाई सामान्य रुघा र ज्वरोसँग तुलना गरे। प्रधानमन्त्रीका यस्ता फन्टुस कुरा धेरैले पत्याए पनि। तर त्यो भनाइ सरकारको अकर्मण्यता छोप्ने र जनतालाई मूर्ख बनाएर आफ्नो स्वार्थ सिद्ध गर्ने माध्यम मात्र बन्न पुग्यो।  
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

वर्तमान सत्ता गठबन्धन अस्तित्वमा आएको साढे दुई वर्ष बितिसकेको छ। यस अवधिमा देशमा अनेकन् विषयले चर्चा पाए। प्रधानमन्त्रीका लहडका गफ, सरकारका सदस्यको गैरजिम्मेवार रबैया, अनियमितता र भ्रष्टाचारका सन्दर्भ, सत्तासीन दलभित्रको विवाद, नेकपामा नेतृत्वको दाउपेच, सांसद अपहरण र अध्यादेश जारी तथा फिर्ता, झलनाथलाई सर्पखेतीका लागि सरकारी सहयोग, वामदेवको व्यवस्थापन अनि कोेरोनाको कहर र अन्य–अन्य। 

triton college

उल्लिखित विषयमध्ये कोरोनाबाहेक अन्य सबै सत्ताधारी दलको आन्तरिक विषय थियो। तर ती सबैले समग्र देशलाई नै कुनै न कुनै रूपले प्रभावित बनाए। यस अवधिको मूल विषय कोरोना छ। यसले जनजनमा असर गरेको छ। त्यसले पनि यसमा सबैकाे चासाे गएकाे हाे। 

तर सत्तासीन दलको ध्यान आपसी विवादमै केन्द्रित रहेकाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाले कम महत्त्व पाएको छ। परिणामतः देश आज अत्यन्त कठिन अवस्थामा पुगको छ। 

गत माघमा देखा परेको कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको विषयमा सुरुदेखि नै सरकारको आलोचना हुँदै आएको हो। घुम्ने कुर्सीमा बसेका भूपीका ‘अन्धा मान्छेहरु’ ले कोरोना संक्रमणका लागि सामान्य जनतालाई जिम्मेवार ठहर्याएर आफ्नो नालायकी छोप्ने असफल प्रयास गरिरहे। अनेक खालका सस्ता भाषण दिएर गम्भीर रोगलाई ठट्टाको विषय बनाइयो। संक्रमण नियन्त्रणका लागि प्रभावकारी नीति र संयन्त्र खडा गर्ने काम हुन सकेन। कोरोना संक्रमण देशव्यापी बन्यो।   

यसै बेला नेपालीको घरआँगनमा महान् पर्व दसैं नजिकिएको छ। नेपाली जनता दसैंको संघारमा उभिएर अनिश्चित भविष्य नियालिरहेका छन्। 

corrent noodles
Metro Mart

निश्चय पनि यसपटक अवस्था बदलिएको छ। दसैंमा सबैले परिवार–सुखको अवसर पाउने छैनन्, जसले पाउनेछन् उनीहरू पनि मानसिक तनावमै हुनेछन्। कोरोनाले यसपटक दसैंमा सबै नेपालीलाई परिवारमा एकत्रित हुने अवसर प्रदान गर्ने छैन। आखिर किन? यसको उत्तर सहज छ, सरकार जिम्मेवार भएन। 

नेपालमा कोरोना संक्रमितको संख्या सवा लाख हाराहारीमा पुगिसक्यो। साढे ६ सयभन्दा बढीको ज्यान गइसकेको छ। यसले आर्थिक र सामाजिक क्षेत्रमा पारेको क्षतिको लेखाजोखा त गर्न बाँकी नै छ। दसैंका बेला निर्बाध आवागमनको अवस्थाको उपस्थितिमा यो संख्या कुन दरले बढ्ला भन्ने यकिन गर्न नसकिने अवस्था छ। 

त्यसो त यो विश्वव्यापी समस्या हो। कोरोनाले कसैसँग पनि भेदभाव गरेको छैन। तर नेपाल सरकारले यलाई कम आँकेको छ। सुरुमा प्रधानमन्त्री केपी ओलीले नै यसलाई सामान्य रुघा र ज्वरोसँग तुलना गरे। प्रधानमन्त्रीका यस्ता फन्टुस कुरा धेरैले पत्याए पनि। तर त्यो भनाइ सरकारको अकर्मण्यता छोप्ने र जनतालाई मूर्ख बनाएर आफ्नो स्वार्थ सिद्ध गर्ने माध्यम मात्र बन्न पुग्यो।  

कोरोना महामारीको मूल्यांकन गर्न नसकेको वा गर्न नचाहेको सरकारले विगत सात महिना त्यतिकै खेर फालेको छ। यसबीचमा सरकारले कोरोनासँग लड्ने न त कुनै रणनीति बनाउन सक्यो न त पीडित जनतालाई राहत दिन सक्यो।  

अहिलेसम्म पनि कोरोना परीक्षणमा सर्वसाधारणको पहुँच पुगेको छैन। तिनका लागि सहज उपचार असम्भव नै छ। यति मात्र होइन, कोरोनाका नाममा अन्य रोगका बिरामीले पनि नेपालका अस्पतालमा सहज उपचार प्राप्त गर्न सक्ने अवस्था छैन। अन्य रोगका बिरामीलाई पनि अस्पताल आउन कोरोना परीक्षणको सरकारी उर्दी जारी गरिएको छ। कोरोना परीक्षण सर्वसाधारणका लागि अकाशको फलजस्तै बनेको छ। यस्तो अवस्थामा सामान्य नेपालीले आफ्नो भविष्य अन्योलग्रस्त देख्नु अस्वाभाविक होइन। 

अहिले कोरोनाको सर्वाधिक प्रकोप संघीय राजधानी क्षेत्रमा छ। एक तथ्यांकअनुसार कुल संक्रमितको करिब ४८ देखि ५० प्रतिशत राजधानीमा छन्। तर पहिचान नभएका वा हुन नसकेका यस संख्यामा समावेश छैनन्। यो सबै संख्या जोड्ने हो भने यसको अंक भयावह हुन सक्छ। 

यस्तो अवस्थामा सरकारले फेरि एकपटक लकडाउन र निषेध आदेश जारी गर्नेछ र दायित्वबाट पन्छिनेछ। नागरिकले यसअघि झन्डै चार महिना लामो लकडाउन भोगिसकेका छन्। पटकपटकको निषेध आदेश पनि सहेका छन्। तर सरकारबाट कोरोना नियन्त्रणमा माखो मार्ने काम नभएको सबैसामु छर्लंग छ।  

दसैंका अवसरमा राजधानीको ठूलो जनसंख्या आफ्नो मूल थलोतर्फ आकर्षित हुन खोज्नु स्वाभाविकै हो। यसो भयो भने कोरोना महामारी देशभर फैलिनेछ। सिंहदरबार र बालुवाटारले कुनै जिम्मेवारी नलिने निश्चित छ। सचेत हुने व्यक्ति आफैं हो। त्यसैले सकिन्छ भने यसपटकको दसैंलाई आफू अहिले बसेकै ठाउँमा सीमित गर्नु र सकिँदैन भने सम्पूर्ण ढंगले सुरक्षित भएर मात्र यात्रा गनु श्रेयस्कर हुन्छ। 

नेपाल अहिले कोरोना भाइरस संक्रमण उच्च भएको देशमा परिसकेको छ। हो, सरकारले भविष्यमा लगाउन सक्ने लकडाउन, स्थानीय स्तरमा सम्भावित संक्रमित व्यक्तिको पहिचानका लागि सहयोगी त हुन सक्छ। तर यो सरकारको इमानदार प्रयासमा भर पर्ने निश्चित छ। 

नेपालको स्वास्थ्य संरचना विकसित छैन। विकसित देश पनि अहिले स्वास्थ्य संरचनाको समस्या झेलिरहेका छन्। यस्तोमा कसैको पनि लापरबाहीले निम्त्याउने परिणाम भयानक हुन सक्छ। तसर्थ आफैं जिम्मेवार हुनुभन्दा अर्को विकल्प जनतासँग छैन। दसैंले हामी सबलाई यही प्रेरणा प्रदान गरोस्। जीवन रहेमा दसैं त फेरि पनि आइहाल्छ नि!

प्रकाशित: Oct 14, 2020| 06:56 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...