शुक्रबार, वैशाख १४, २०८१

प्रदेश १ मा संक्रमितको संख्या १० हजार नाघ्यो 

विराटनगर– प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

triton college
corrent noodles
Metro Mart

विराटनगर– प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १० हजार ३ सय पुगेको छ। 
मोरङमा २३६, सुनसरीमा ९७, झापामा ४०, उदयपुरमा ८, इलाम, पाँचथर र सोलुखुम्वुमा २–२, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 
मन्त्रालयका अनुसार विराटनगरमा १९७ जनामा संक्रमण देखिएको छ। कोरोना पोजेटिभ देखिएकामा ७५ महिला र १२२ पुरुष छन्। मोरङको सुन्दरहरैचामा १२, बुढीगंगामा ७, बेलबारीमा ५, उर्लाबारीमा ३, रंगेली, पथरीशनिश्चरे र धनपालथानमा २–२, कटहरी र सुनबर्षीमा १–१, लेटाङ, ग्रामथान, जहदा र मिक्लाजुङका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
उता सुनसरीको इटहरीमा ४८, दुहवीमा १२, इनरुवामा ७, धरान, बराहक्षेत्र र रामधुनीमा ६, बर्जुमा ५, हरिनगरमा ३, गढीमा २, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा १७, दमकमा १२, मेचीनगर र भद्रपुरमा ३–३, कमलगाउँपालिकामा २, गौरादह, बाह्रदशी र झापा गाउँपालिकामा १–१, उदयपुरको त्रियुगामा ८, इलामको देउमाई र सुर्योदयमा १–१, पाँचथरको फिदिममा २, सोलुखुम्वुको थुलुङ दुधकोशी र स्थानीय तह नखुलेका १–१, धनकुटाको महालक्ष्मीमा १, खोटाङको खोटेहाङमा १ र प्रदेश १ बाहिरका २० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा आईतबार २५ जना डिस्चार्ज भएका छन्। नोवेल मेडिकल कलेज विराटनगरबाट १८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८१२ पुगेको छ। 


 

प्रकाशित: Oct 11, 2020| 12:19 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।