शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट १२ घण्टामा १२ जनाको मृत्यु, मृतकको संख्या ६२६ पुग्यो

कोरोनाबाट १२ घण्टामा १२ जनाको मृत्यु, मृतकको संख्या ६२६ पुग्यो

नेपालमा पछिल्लो १२ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीमा तीन, रुपन्देहीमा तीन, बाँकेमा दुई र चितवनमा एक जनाको मृत्यु भएको हो । 
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं- नेपालमा पछिल्लो १२ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीमा तीन, मोरङमा दुई, रुपन्देहीमा तीन, बाँकेमा दुई, चितवनमा एक र कैलालीमा एक जनाको मृत्यु भएको हो । 

triton college

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमित मृत्यु भएको छ । 

सुनसरीको दुहबीका ६५ वर्षीय पुरुषको र धनकुटाकी ६१ वर्षीय महिलाको आज बिहान मृत्यु भएको छ भने धरान–८ की ६२ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । 

मोरङको विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा शनिबार राति थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् । 

सुनसरीको दुहवी नगरपालिका–३ की ४० वर्षीया महिलाको शनिबार राति ११ बजे मृत्यु भएको हो । त्यस्तै सुनसरी हरिनगर–४ का ७१ वर्षीय वृद्ध पुरुषको पनि शनिबार राति १०ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

corrent noodles
Metro Mart

यस्तै रुपन्देहीको बुटवलमा शनिबार रातिमात्रै तीन जना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बुटवलमा उपचार गरिरहेका र उपचारका लागि अस्पताल जाँदै गर्दा तीन जनाको मृत्यु भएको हो । 

बुटवल ११ का ८४ वर्षीय पुरुषको रुपन्देहीका अस्पतालमा आईसीयू बेड खाली नभएपछि दाङ लैजाँदै गर्दा शनिबार राति बाटोमा मृत्यु भएको छ। 

त्यस्तै असोज २४ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचाररत ७० वर्षीय पुरुषको शनिबार राती करिब १० बजे तिर मृत्यु भएको अस्पतालले जनाएको छ । बुटवल ११ की ६१ वर्षीया महिलाको पनि शनिबार राति २ बजे मृत्यु भएको छ।

बाँकेमा भने ५ मिनेटको फरकमा शनिबार राति थप २ जनाको मृत्यु भएको छ । 

भेरी अस्पताल नेपालगन्जमा नेपालगन्ज उपमहानगरपालिका १० का ८४ वर्षका पुरुषको शनिबार राति ९ः५५ मा मृत्यु भएको छ ।त्यसको ५ मिनेटपछि राति १० बजे कोहलपुर नगरपालिका ८ गोल्छा टोलकी ७१ वर्षीया महिलाको भेरी अस्पतालमै मृत्यु भएको हो ।

कैलालीको धनगढीमा पनि शनिबार राति एक कोरोना  संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यस्तै चितवनमा आइतबार (आज) बिहान थप एक जना महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।

पछिल्लो १२ घण्टामा १२ जनाको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय २६ पुगेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले कोरोनाबाट ६ सय १४ जनाको मृत्यु भएको जनाएको थियो । 
 

प्रकाशित: Oct 11, 2020| 05:29 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।