शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • डा केसीका मागबारे प्रधानमन्त्रीसँग सल्लाह लिन शिक्षामन्त्री पोखरेल बालुवाटरमा

डा केसीका मागबारे प्रधानमन्त्रीसँग सल्लाह लिन शिक्षामन्त्री पोखरेल बालुवाटरमा

चिकित्सा क्षेत्रको सुधारको माग राख्दै २७ दिनदेखि अनसनरत डा गोविन्द केसीका मागबारे प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न शिक्षामन्त्री गिरिराजमणी पोखरेल बालुवाटर पुगेका छन्। 
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं- चिकित्सा क्षेत्रको सुधारको माग राख्दै २७ दिनदेखि अनसनरत डा गोविन्द केसीका मागबारे प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न शिक्षामन्त्री गिरिराजमणी पोखरेल बालुवाटर पुगेका छन्। 

triton college

अनशनरत डा गोविन्द केसी पक्षको वार्ता टोली र सरकारी वार्ता टोलीबीच  शुक्रबार अवेरसम्म वार्ता हुँदा पनि निस्कर्ष ननिस्किएपछि मन्त्री पोखरेल सरकारी वार्ता टोली लिएर बालुवाटर पुगेको स्रोतले बतायो।  

२७ देखि अनशनरत डा केसीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएका बेला वार्तामा छलछाम गरी सरकारले सत्याग्रहीप्रति अमानवीय व्यवहार देखाएको केसी पक्षका वार्ता टोलीका संयोजक डा जीवन क्षत्रीले पत्रकार सम्मेलनमै बताइसकेका छन्।  

यता सोलिडारिटी फर डा केसी अलायन्सले काठमाडौंको माइतीघरसहित मुलुकमा विभिन्न ठाउँमा प्रदर्शन थालिसकेको छ। 

चिकित्सा शिक्षासँग जोडिएका विभिन्न माग राखेर २७ दिनदेखि अनशनरत डा। गोविन्द केसीको अनशन तोडाउन निर्णायक भनिएको वार्ता शुक्रबार पनि सम्झौता नभई टुंगिएको थियो। 

corrent noodles
Metro Mart

सरकारले शिक्षा सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। वार्ताका लागि डा। केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली बनेको छ। यी दुई वार्ता टोलीबीच बिहीबार करिब १२ घन्टा भएको वार्ता सहमति नजिक पगेपनि शुक्रबार अबेर रातिको वार्ता भने विना निश्कर्ष टुंगिएको थियो।   

प्रकाशित: Oct 10, 2020| 07:45 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।