शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • डा. केसीको जीवनरक्षामा ध्यान दिऔं : नेकपा प्रवक्ता श्रेष्ठ

डा. केसीको जीवनरक्षामा ध्यान दिऔं : नेकपा प्रवक्ता श्रेष्ठ

सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको जीवनरक्षामा सबैले ध्यान दिनुपर्ने धारणा सार्वजनिक गरेका छन्। 
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं– सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको जीवनरक्षामा सबैले ध्यान दिनुपर्ने धारणा सार्वजनिक गरेका छन्। 

triton college

डा. केसीको सत्याग्रहको बलमा नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको भन्दै प्रवक्ता श्रेष्ठले यतिबेला सरकार, डा. केसी स्वयं र हामी सबैले उनको जीवन रक्षामा ध्यान दिनुपर्ने बताएका हुन्। 

श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘डा. केसी निःस्वार्थी सत्याग्रही हुनुहुन्छ। उहाँको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन्।  त्यो सबै नेपालीका लागि खुसीको कुरा हो। उहाँको जीवन महत्त्वपूर्ण छ र यतिबेला सरकार, उहाँ स्वयं र हामी सबैले उहाँको जीवन रक्षामा ध्यान दिनुपर्दछ।’

प्रवक्ता श्रेष्ठले सरकारले डा. केसीसँग वार्ताका लागि टोली गठन गरेर सकारात्मक पहल गरेको भन्दै छिट्टै सकारात्मक निष्कर्षमा पुगिने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: Oct 08, 2020| 07:21 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।