शनिबार, वैशाख १५, २०८१

विमलेन्द्र, शशांक र प्रकाशमान : यी तीन विषयमा एकमत

नेपाली कांग्रेसका तीन नेताहरू कम्तीमा पनि तीन विषयमा मिलेर अघि बढ्न सहमत भएका छन्।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

काठमाडौं- नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताइरहेका तीन नेताहरू कम्तीमा पनि तीन विषयमा मिलेर अघि बढ्न सहमत भएका छन्।

triton college

उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र प्रकाशमान सिंह कम्तीमा पनि तीन विषयमा मिलेर अघि बढ्न सहमत भएका हुन्। 

शुक्रबार साँझ उनीहरूबीच भएको छलफलले तीन विषयमा एकमत रहने र सँगसँगै दबाब सिर्जना गर्ने विषयमा सहमति जुटाएको हो। 

उनीहरूले महाधिवेशनमा आफूहरूको अभियान, क्रियाशील सदस्यता विवाद र सरकारका कामकारबाहीबारे छलफल गरी सहमति जुटाएका हुन्। 

'मिलेर अघि बढौँ, निरन्तर छलफल गरौँ। अन्य नेताहरूसँग पनि बसौँ। चौधौँ महाधिवेशनमा मिलेर जाऔँ भन्नेमा उहाँहरू एकमत हुनु भएको छ,' नेता प्रकाशमान सिंहनिकट एक नेताले भने। 

corrent noodles
Metro Mart

यसका साथै क्रियाशील विवाद समाधानका लागि पनि आआफ्नो ठाउँबाट भूमिका खेल्न उनीहरुबीच सहमति जुटेको छ। हालसम्म पनि क्रियाशील विवाद मिल्न नसकेका १३ जिल्लामा विवाद मिलाउन र तोकिएकै मितिमा महाधिवेशन गर्न आ-आफ्नो ठाउँबाट भूमिका खेल्ने सहमति जुटेको ती नेताको भनाइ छ। 

यसैगरी तीन नेताहरूबीच सरकार विस्तारबारे पनि छलफल भएको थियो। गठबन्धनमा सहमति जुटाएर चाँडो भन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्न र सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउन पहल र दबाब दिनेमा तीनै नेताहरू एकमत भएको निधि निकट नेताले जानकारी दिएका छन्। 

यसअघि पनि यी तीन नेताहरूबीच पटकपटक छलफल भइरहेको छ। उनीहरूले सुरुदेखि नै आफूहरूले सहमतिमा अघि बढ्ने बताएका छन्। यद्यपि यी तीनै नेताले कांग्रेस सभापतिका लागि आकांक्षा देखाएका छन् भने सार्वजनिक कार्यक्रममा समेत आफूले  सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन्। 

उपसभापति निधिले आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा सार्वजनिक कार्यक्रम नै आयोजना गरी बताइसकेका छन्। अन्य दुई नेताले भने औपचारिक रूपमा कार्यक्रम आयोजना गरी सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छैनन्। 

तीनै जना नेताहरू कांग्रेसका पुराना शीर्ष तहका नेताका पुत्रहरू हुन्। पूर्वमहामन्त्री महेन्द्र नारायण निधिका छोरा विमलेन्द्र हुन् भने कांग्रेसका पूर्वसभापति बीपी कोइरालाका छोरा शशांक हुन्। यस्तै लौहपुरुष भनिने गणेशमानका छोरा प्रकाशमान हुन्। 

प्रकाशित: Sep 24, 2021| 20:58 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...