शुक्रबार, वैशाख १४, २०८१

जाजरकोट जीप दुर्घटना : मृतकको संख्या ५ पुग्यो

जाजरकोटमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ। मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाहीलगायत छन्।
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

सुर्खेत- जाजरकोटमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ। दुर्घटनामा जुनीचाँदे गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाहीकाे मृत्यु भएकाे छ। त्यस्तै वडा नं. ११ का कीर्तिबहादुर शाही, खेमराज शाही, लालबहादुर बुढा र मालिका बस्नेतकाे मृत्यु भएकाे छ।

triton college

स्थानीयका अनुसार जीप खोलामा खसेको छ। दुई जनाको शव निकालिसकिएको छ भने बाँकी ३ जनाको शव निकाल्ने काम भइरहेको छ।

दुर्घटनामा परेका अन्य दुई जना बेपत्ता रहेको स्थानीय रामबहादुर विष्ट बताए। प्रहरी भर्खर दुर्घटनास्थल पुगेको छ।

दुर्घटनामा वडा नं. ११ का नरबहादुर बुढा घाइते भएका छन्। उनलाई उपचारको लागि गाउँपालिकाको छेडाबजार लगिएको छ।

सरदमुकाम खलंगाबाट गाउँपालिकाको केन्द्र पराले जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप आज (बुधबार) दिउँसोसाढे दुई बजेतिर दुर्घटनामा परेको हो। गाडी चालक फरार छन्। दुर्घटनाको कारण खुल्न सकेको छैन।

corrent noodles
Metro Mart

प्रकाशित: Oct 07, 2020| 11:25 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।