शुक्रबार, वैशाख १४, २०८१

बाउ-छोरा बनेर नागरिकता लिने ससुरा–ज्वाइँ पक्राउ

सल्यानमा बाबुछोरा बनेर नागरिकता लिने ससुरा–ज्वाइँ पक्राउ परेका छन्।
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

सुर्खेत- सल्यानमा बाबुछोरा बनेर नागरिकता लिने ससुरा–ज्वाइँ पक्राउ परेका छन्। छत्रेश्वरी गाउँपालिका ७ का ४६ का मुस्ताज मियाँ र बबई गाउँपालिका वडा नं ७ दाङका २३ वर्षे समीर मियाँ भन्ने ईमाम बक्स मियाँ पक्राउ रेका हुन्। 

triton college

नाताले मुस्ताज ससुरा र समीर ज्वाइँ हुन्। छत्रेश्वरी गाउँपालिका वडा नं–७ को सिफारिसमा समीरले २०७५ भाद्र २४ गते मुस्ताज मियाँको छोरा समिर मियाँको नाममा नागरिकता लिएका थिए।

समीर मियाँको नामबाट नागरिकता लिए पनि उनको वास्तविक नाम भने ईमाम बक्स मियाँ हो। मियाँका बुवा विसमुल्ला मियाँ हुन् । दाङबाट पटक–पटक नागरिकताको लागि पहल गर्दा र सिफारिस गर्दासमेत नागरिकता नबनेपछि ससुरालाई बुवा बनाएर नागरिकता लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवत्ता लक्ष्मण ओलीले जानकारी दिए।

दुवै जनालाई पक्राउ गरी जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित: Oct 07, 2020| 00:48 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।