शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • छाङरुबासीलाई विदेशी भूमि प्रयोग गरेर सदरमुकाम आउनुपर्ने बाध्यता हट्यो 

छाङरुबासीलाई विदेशी भूमि प्रयोग गरेर सदरमुकाम आउनुपर्ने बाध्यता हट्यो 

दार्चुला ब्यास नगरपालिका १ छाङरुबासीलाई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न सजिलो भएको छ।
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

दार्चुला- दार्चुला ब्यास नगरपालिका १ छाङरुबासीलाई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न सजिलो भएको छ।

triton college

नेपाली सेनाले घाँटीबगड–छाङरु घोडेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि त्यस क्षेत्रका जनतालाई महाकाली वारी किनारै–किनार भएर आवत–जावत गर्न सुबिधा भएको हो।

सो घोडेटो बाटो पूर्णरुपमा सञ्चालमा आएसँगै अब उप्रान्त मुलुकको एकस्थानबाट अर्को स्थानको यात्रामा रहँदा विदेशी भूमिको प्रयोग गर्न पर्ने बाध्यता हटेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए।

सदरमुकामदेखि घाँटीबगडहुँदै छाङरु जाने बाटो ३ वर्षदेखि अवरुद्ध भएपछि त्यहाँका स्थानीयलाई  विदेशी भूमि प्रयोग गर्नुपर्ने  बाध्यता थियो । 

उक्त बाध्यता अन्त्य गर्न गत जेठ २६ गते बाटो निर्माण  सुरु  गरेको सेनाले चारमहिनाको प्रयासपछि विकट पहरा छिचोलेर स्वदेशी भूमिबाटै स्थानीयलाई यात्रा गराउन सफल भएको हो।

corrent noodles
Metro Mart

प्रतिकूल मौसम, विकट इलाका र कठोर चट्टानलाई विष्फोटक पदार्थ प्रयोग गरी एक करोड ८ लाख ३६ हजारको लागतमा २ मिटर चौडा र ५५० मिटर लामो सो बाटो निर्माण गरिएको सेनाले जनाएको छ। 

सो बाटोका लागि सेनानीको नेतृत्वमा ६५ सैनिक परिचालन गरिएको थियो भने ३३ जना गैर सैनिक नागरिक अहोरात्र खटिएका थिए।

हस्तान्तरण कार्यक्रममा  प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले जटिलपरिस्थितिमा पनि सेनाले उत्कृष्ट काम गरेको बताए। 

बाटो सञ्चालनमा आएसगैँ त्यस क्षेत्रका १८४ घरधुरीका १ हजार २५० जनालाई हिड्न र पशु चौपाय ल्याउन पु¥याउन सहज भएको जनाइएको छ।
सो मार्गको तम्पाकु खण्डमा  सजिलोसग आवत जावत गर्न केही कठिनाई रहेकाले त्यसमा पनि सेनाबाट काम होस भनी स्थानीयले अनुरोध गरेकामा महाकाली करिडोर (दार्चुला–तिङ्कर) निर्माणका क्रममा त्यस क्षेत्रलाई प्राथमिकता दिने सेनाले विश्वास दिलाएको छ। 
रासस

प्रकाशित: Oct 06, 2020| 02:11 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।