शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बुटवलमा जारी विरोधका कार्यक्रम हिंसात्मक नबनाउन आयोगको आग्रह

बुटवलमा जारी विरोधका कार्यक्रम हिंसात्मक नबनाउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश राजधानीका विषयमा बुटलवलमा भइरहेको प्रदर्शनलाई हिंसात्मक नबनाउन आग्रह गरेको छ। 
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काटमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश राजधानीका विषयमा बुटलवलमा भइरहेको प्रदर्शनलाई हिंसात्मक नबनाउन आग्रह गरेको छ। 

triton college

आयोगले विरोधका कार्यक्रम संयमित र शान्तिपूर्ण रुपमा अगाडि बढाउन तथा आफ्ना असहमतिका विषयको वार्ता र संवादको माध्यमबाटै समाधान खोज्न आन्दोलनरत पक्षसँग आग्रह गरेको हो।

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ क्षेत्रमा बनाउने प्रस्तावपछि बुटवलमा केही दिनदेखि विरोध प्रदर्शन जारी छ। प्रशासनलेभ भने २१ गतेसम्मका लागि बुटवलमा सभाजुलुसमा प्रतिबन्ध लगाएको छ।

आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण रुपमाविरोध प्रदर्शनमा उत्रिएका नागरिकमाथि मर्यादित र संयमित व्यवहार गर्न पनि आयोग स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँछ।’

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई बनाउने प्रस्तावको विरोधमा रुपन्देहीमा भइरहेको बन्दहड्ताल तथा प्रदर्शनका क्रममा आन्दोलनरत पक्षबाट सरकारी सवारीसाधनमाथि आगजनी र तोडफोड भएको आयोगको विज्ञप्तिमा उल्लेख छ। 

corrent noodles
Metro Mart

आयोगको अनुगमनका क्रममा तिलोत्तमा नगरपालिकामा कार्यरत एक राष्ट्रसेवक कर्मचारीको सवारीसाधन तथा निजका व्यक्तिगत सरसामानहरु समेत जलाइएको, प्रदेशका मुख्यमन्त्री चढेकोे गाडी तथा अन्यसरकारी सवारी साधनमा समेत ढुंगामुढा, तोडफोड तथा आगजनी गरिएको पाइएको जनाइएको छ।

बन्दका  कारण रुपन्देही र आसपासका जिल्लामा बिरामी, वृद्ध, गर्भवती महिला, श्रमिकलगायत आमनागरिकको आवागमन तथा दैनिक जीवनमा कठिनाई उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ। 

आयोगले भनेको छ, ‘ असहमतिका कुनै पनि विषयमा शान्तिपूर्णरुपमा विरोध तथा प्रदर्शन गर्न पाउने हक प्रत्येक नागरिकलाई भए तापनि आगजनी, तोडफोडजस्ता कार्य कुनै पनि दृष्टिकोणबाट उचित हुँदैनन्।’

प्रकाशित: Oct 05, 2020| 07:35 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।