शुक्रबार, वैशाख १४, २०८१

किशोरीमाथि बसभित्रै सामूहिक बलात्कार, २ जना पक्राउ

भक्तपुरमा एक १७ वर्षीया किशोरीमाथि बसभित्रै सामूहिक बलात्कार भएको छ। 
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं– भक्तपुरमा एक १७ वर्षीया किशोरीमाथि बसभित्रै सामूहिक बलात्कार भएको छ। 

triton college

चागुँनारायण नगरपालिका–८ मा बा ३ ख २६१२ नम्बरको बसमा सिन्धुपाल्चोक घर भई काठमाडौं बस्ने किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ। 

शनिबार ती किशोरीमाथि बलात्कार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। किशोरीको बयानका आधारमा बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको परिसरका प्रवक्ता डीएसपी केशवकुमार थेवेले जानकारी दिए।

ती किशोरीलाई शुक्रबार (१६ असोज) मा रत्नपार्क क्षेत्रबाट बिहान १०÷११ बजेको समयमा एक युवकले लठ्याउने औषधी सेवन गराएर भक्तपुर जाने बसमा लगेर गएको खुलेको छ।

‘भक्तपुर लगेर गएका युवकले अर्को दिन बिहानसम्म आफूसँग राखेको देखिन्छ,’ डीएसपी थेवेले भने, ‘त्यसपछि बसका चालक र सहचालकले किशोरीमाथि बलात्कार गरेको देखिन्छ।’

corrent noodles
Metro Mart

गाउँलेले खबर गरेपछि प्रहरीले किशोरीको उद्धार गरेर ती दुईजनालाई नियन्त्रणमा लिएको हो। 

पक्राउ पर्नेमा सिन्धुपल्चोक चौतारा साँगाचोकगढी गाँउपालिका–१० का २२ वर्षीय नीरकुमार खड्का र जुगल गाउँपालिका ४ का २१ वर्षीय सुरेश श्रेष्ठ रहेका छन्।

‘पक्राउ परेका दुई जनालाई जरबजस्ती करणी कसुरमा अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘भक्तपुरसम्म लैजाने युवकको बारेमा प्रहरीले अनुसन्धान र खोजी गरिरहेको छ।’

प्रकाशित: Oct 04, 2020| 11:00 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।