बुधबार, वैशाख २६, २०८१

दुई दिन बिदा ! घुम्ने कहाँ, खर्च खै ? 

सातामा दुई दिन सार्वजनिक बिदा दिएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने पर्यटनमन्त्रीको योजना छ। क्रयशक्ति र पूर्वाधार विकास कम भएको मुलुकमा के ले घुम्ने? कहाँ घुम्ने? 
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

सातामा दुई दिन सार्वजनिक बिदा दिएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने पर्यटनमन्त्रीको योजना छ। क्रयशक्ति र पूर्वाधार विकास कम भएको मुलुकमा के ले घुम्ने? कहाँ घुम्ने? 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा ८ असोजमा बसेको मन्त्रीस्तरीय बैठकले सातामा दुई दिन बिदा दिनका लागि अध्ययन गर्न कार्यदल गठन गरेको छ। 

triton college

कार्यदलमा पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखा प्रमुख प्रदीपकुमार कोइराला (संयोजक), पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य छन्। 

त्यस्तै अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयका एकएक जना प्रतिनिधि पनि सामेल छन्। कार्यदलले अध्ययन गरेर तयार पारेको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने पर्यटन मन्त्रालयको योजना छ। 

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न दुई दिन सार्वजनिक बिदा आवश्यक भएको पर्यटनमन्त्री भट्टराईको तर्क छ। भन्छन्, ‘पर्याप्त बिदा हुँदा कामकाजीले घुम्ने समय पाउँछन्। अर्थतन्त्रमा पनि टेवा पु-याउँछ।’ 

पहिल्यै असफल

corrent noodles
Metro Mart

सातामा दुई दिन बिदा पहिल्यै लागू भएर असफल भइसकेको अभ्यास हो। पर्यटन प्रवद्र्धन गर्न, कार्यालयको खर्च घटाउन र कामको दिनमा बढी उत्पादकत्व निकाल्न भन्दै सरकारले २०४७ सालमा सरकारी कार्यालयमा दुई दिन बिदा लागू गरेको थियो। अदालतबाट सुरु गरिएको यो निर्णयको उद्देश्य पूरा नभएपछि केही महिनामै फिर्ता भयो।

पूर्व अर्थसचिव एवं अर्थविद् डा. शान्तराज सुवेदी नेपालमा दुई दिन बिदाबारे चर्चा गनुपर्ने बेला नभएको बताउँछन्। ‘औसत नेपालीको आम्दानी, क्रयशक्ति, स्रोतसाधनलगायतको अवस्थाले दुई दिन बिदामा घुम्न जान अहिले सम्भव छैन,’ उनी भन्छन्, ‘यसलाई पर्यटन मात्रै नभएर समग्र मुलुकको आवश्यकता हो–होइन भनेर हेर्नुपर्छ।’

तत्कालीन प्रशासन सुधार आयोगले गरेको सिफारिसअनुसार २०५६ सालमा फेरि दुई दिन बिदा दिन सुरु भयो। सातामा पाँच दिन ९ बजेदेखि ५ बजेसम्म कार्यालय समय तोकियो। काठमाडौं उपत्यकामा लागू गरिएको यो निर्णय बाहिरिन नपाउँदै केही महिनामै फिर्ता लिइयो। कारण उही थियो– बिदाको उद्देश्य पूरा नहुनु। 

त्यसो त सातामा दुई दिन बिदाको अभ्यास थुप्रै विकसित देशमा छ। अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डअनुसार सातामा ४० घण्टा काम गर्नुपर्छ। कतिपय देशमा कार्य दिन सातामा चार दिन मात्रै हुनुपर्ने भन्दै अध्ययन भइरहेका छन्। न्युजिल्यान्डका केही कम्पनीले त सातामा तीन दिन बिदा दिन थालेका छन्।

मन्त्री भट्टराईका अनुसार सातामा दुई दिन बिदा दिनुको उद्देश्य घरपरिवारमा समय दिन सकियोस्, घुमघाम तथा ‘रिफ्रेसमेन्ट’ का लागि समय होस् र कार्यालय समयमा कार्यालयकै काम होस् भन्ने हो। 

बेला भएको छैन

कोरोना महामारीले अधिकांश नेपालीको क्रयशक्ति घटेको छ। बचत गर्ने क्षमता औसत २० प्रतिशत छ। कोरोनाले यसमा कति असर पा–यो अध्ययन हुन बाँकी छ। बचत पनि घुमघाम, मनोरञ्जनभन्दा शिक्षा, स्वास्थ्य, खानपानजस्ता आधारभूत आवश्यकताका लागि भएको जानकारहरूको बुझाइ छ।

अर्को पाटो– मुलुकमा थुप्रै पर्यटकीय गन्तव्य भए पनि त्यहाँसम्म पुग्न भरपर्दो संरचनाको विकास भएको छैन। उदाहरणका लागि काठमाडौंमा काम गर्ने व्यक्ति दुई दिन बिदामा २५० किलोमिटर टाढा रहेको पोखरा पुगेर फर्किन सक्ने सम्भावना छैन। हरेक साता काठमाडौं वरपरका डाँडामा मात्रै घुम्ने कुरा पनि भएन। 

पूर्वाधार, साधनस्रोत, गुणस्तरिय यातायात सेवा अभाव र न्यून क्रयशक्तिका कारण पर्यटनमन्त्रीको योजनाअनुसार दुई दिने बिदाले पर्यटन प्रवद्र्धनमा टेवा होला त? 

पूर्व अर्थसचिव एवं अर्थविद् डा. शान्तराज सुवेदी नेपालमा दुई दिन बिदाबारे चर्चा गनुपर्ने बेला नभएको बताउँछन्। ‘औसत नेपालीको आम्दानी, क्रयशक्ति, स्रोतसाधनलगायतको अवस्थाले दुई दिन बिदामा घुम्न जान अहिले सम्भव छैन,’ उनी भन्छन्, ‘यसलाई पर्यटन मात्रै नभएर समग्र मुलुकको आवश्यकता हो–होइन भनेर हेर्नुपर्छ।’ राज्यले कर्मचारीलाई घुमघामका लागि प्याकेज दिन सक्ने अवस्था नभएकाले पनि यो उपयुक्त नहुने उनी बताउँछन्।   

प्रशासन मामिला विज्ञ काशीराज दाहाल पनि अहिलेकै अवस्थामा सातामा दुई दिन बिदा उपयुक्त नहुने बताउँछन्। ‘बिदा दिने निर्णयअघि सार्वजनिक सेवा प्रवाह र कार्यसम्पादनसम्बन्धी छुट्टै ऐनकानुन बनाउनुपर्छ,’ उनी भन्छन्, ‘सार्वजनिक सेवाको ग्यारेन्टी गर्ने र कार्यसम्पादन प्रभावकारी बनाउने कानुन बनाएर कर्मचारीलाई जिम्मेवारी तोकेमात्रै सुधार होला।’ जिम्मेवारी नतोक्ने र परिणाम नदिने गरी गरिएको निर्णय मुलुककै लागि प्रत्युत्पादक हुन सक्ने दाहाल बताउँछन्। 

यसै पनि हाम्रा सार्वजनिक संस्थाको छवि आमनागरिकबीच सकारात्मक छैन। सरकारी कार्यालय ढिलासुस्ती, अनियमितता, भ्रष्टाचारका पर्यायजस्तै छन्। जानकारहरुका अनुसार अहिले जसरी बिदाको कुरा उठाइएको छ, यो कामको उत्पादकत्व, माग, सेवा प्रवाह अन्तर्राष्ट्रिस्तरको बनाउनेभन्दा पनि पर्यटन प्रवद्र्धनका लागि मात्रै उठाइएको हो। जुन उपयुक्त छैन। 

कोरोनाले बिगारेको अर्थतन्त्र सामान्य अवस्थामा फर्किन एकाध वर्ष लाग्ने निश्चित छ। आयात–निर्यात प्रभावित छ। अत्यावश्यक वस्तुको मागसमेत ३० प्रतिशतले घटेको छ। यस्तो अवस्थामा ल्याइएको दुई दिने बिदाको चर्चालाई निजी क्षेत्रले कसरी हेरेको छ त? 

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत उद्योग समितिका सभापति अञ्जन श्रेष्ठ उद्योग, बैंक, व्यवसायलगायतका क्षेत्र सातामा ६ दिन नै चल्नुपर्ने बताउँछन्। तर, सरकारी कर्मचारीलाई दुई दिन बिदा दिँदा निजी क्षेत्रलाई समस्या नहुने उनको तर्क छ। ‘हाम्रा लागि अहिले उत्पादकत्व बढाउनुपर्ने समय हो। त्यसैले अन्य क्षेत्रमा बिदा दिइए पनि उद्योग, व्यापार, बैंकलगायत क्षेत्र भने पूर्ववत् अवस्थामै चल्न पाउनुपर्छ,’ उनले भने। 

प्रशासन मामिला विज्ञ काशीराज दाहाल पनि अहिलेकै अवस्थामा सातामा दुई दिन बिदा उपयुक्त नहुने बताउँछन्। ‘बिदा दिने निर्णयअघि सार्वजनिक सेवा प्रवाह र कार्यसम्पादनसम्बन्धी छुट्टै ऐनकानुन बनाउनुपर्छ,’ उनी भन्छन्, ‘सार्वजनिक सेवाको ग्यारेन्टी गर्ने र कार्यसम्पादन प्रभावकारी बनाउने कानुन बनाएर कर्मचारीलाई जिम्मेवारी तोकेमात्रै सुधार होला।’ 

बिदा होइन, चुस्त सेवा प्रवाह 

नेपालको सार्वजनिक सेवा अझैसम्म परम्परागत छ। सानो कामका लागि मात्रै पनि कार्यालयसम्मै नपुगी हुँदैन। एउटा काम लिएर सरकारी कार्यालयमा जानु भनेको दिनभरको समय त्यसमै खर्चनु हो।

समयमै बजेट खर्च नहुने प्रवृत्ति ‘दीर्घरोग’ बनेको छ। संवैधानिक रूपमै जेठ १५ गते बजेट ल्याउने व्यवस्था गरिए पनि बेलैमा खर्च गर्ने चलन बसेको छैन। विगतको तथ्यांक हेर्दा खर्चको करिब ७० प्रतिशत असारमा मात्रै सकिने गरेको छ। 

यसलाई सुधार्न लाग्ने कि उल्टो बिदा दिएर उत्पादकत्व घटाउने? पर्यटनमन्त्री भट्टराई भने समयसँगै सबै सुधार हुँदै जाने बताउँछन्। ‘अन्तर्राष्ट्रिय अभ्यासले पनि दुई दिन बिदा उपयुक्त देखिएको छ,’ उनी भन्छन्, ‘यसले काम  बढी परिणाममुखी हुने संसारभर प्रमाणित भइसकेको छ।’ 

उता सरकारी कर्मचारीको काम गर्ने शैली सुधार गर्नुपर्ने सुझावसहितको प्रतिवेदन उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन अनुगमन समितिले असोज ११ गते सरकारलाई बुझाएको छ। 

काशीराज दाहाल अध्यक्ष रहेको समितिले संघीय मामिला मन्त्री र योजना आयोगका उपाध्यक्षलाई बुझाएको प्रतिवेदनमा कर्मचारीको कार्यसम्पादन र सेवा प्रवाह चुस्त बनाउनुपर्ने सुझाव दिएको छ। जसमा क्यालेन्डर प्रणाली लागू गर्नुपर्ने, कर्मचारीको जिम्मेवारी तोक्ने र सोअनुरुप काम नभए जवाफदेही बनाउनुपर्ने उल्लेख छ। 

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत उद्योग समितिका सभापति अञ्जन श्रेष्ठ उद्योग, बैंक, व्यवसायलगायतका क्षेत्र सातामा ६ दिन नै चल्नुपर्ने बताउँछन्। ‘हाम्रा लागि अहिले उत्पादकत्व बढाउनुपर्ने समय हो। त्यसैले अन्य क्षेत्रमा बिदा दिइए पनि उद्योग, व्यापार, बैंकलगायत क्षेत्र भने पूर्ववत् अवस्थामै चल्न पाउनुपर्छ,’ उनले भने। 

दुई दिन बिदाले स्वाभाविक रूपमा कर्मचारीलाई ‘रिफ्रेस’ बनाउँछ। यसले कार्यालयको खर्च, इन्धन खपत मात्रै नभएर वातावरणमा पनि सकारात्मक प्रभाव पर्न सक्छ। 

तर कार्यालय खुलेका दिनमा कर्मचारीले परिणाम दिने गरी काम गरिरहेका छन् कि छैनन् भनेर अनुगमन, नियमन र निगरानी गर्ने पद्धतिको विकास गरिनुपर्ने दाहाल बताउँछन्। ‘सार्वजनिक संस्थामा हुने ढिलासुस्ती, लापरबाही रोक्नुपर्छ। यस्तो प्रवृत्तिलाई जवाफदेही बनाएर अगाडि बढ्दा राम्रो हुन्छ,’ उनी भन्छन्, ‘नत्र बिदा मात्रै दिएर यसले मुलुकलाई कुनै फाइदा गर्दैन।’

विकसित देशमा साताको दुई दिन बिदाको चलन छ।  त्यहाँ अनुशासन छ। कर्मचारीले जिम्मेवारीपूर्वक काम गर्छन्। अधिकांश काम बिदाको दिन पनि अनलाइन प्रणालीबाट भइरहेको हुन्छ। हामीकहाँ त्यो अवस्था छैन। 

दुईदिने बिदालाई पर्यटन मात्रै नभएर सेवाग्राहीको कोणबाट पनि हेर्नुपर्ने पूर्वअर्थसचिव सुवेदी बताउँछन्। ‘सरकारी सेवा प्रवाह चुस्तदुरुस्त भएमा तथा कर्मचारी र राज्यले नागरिकको मन जितेको अवस्थामा दुई दिन बिदा दिँदा ठिकै हुन्छ,’ उनी भन्छन्, ‘अहिलेका लागि बिदाभन्दा पनि सेवा प्रवाह प्रभावकारी बनाउनुपर्छ। अधिकांश सेवा अनलाइनबाट प्रवाह गर्न सकियो र सार्वजनिक सेवा प्रभावकारी भयो भने बिदा घटीबढीसँग सरोकार हुँदैन।’

प्रकाशित: Oct 03, 2020| 02:53 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।