शनिबार, वैशाख १५, २०८१

टिबानका सम्पूर्ण बसको टिकट अनलाइन बुकिङ गर्न सकिने

टुरिस्ट यातायात व्यवसायीहरुले अनलाइन सिस्टमबाट यातायात सेवाको टिकट उपलब्ध गराउने भएका छन्।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौं– टुरिस्ट यातायात व्यवसायीहरुले अनलाइन सिस्टमबाट यातायात सेवाको टिकट उपलब्ध गराउने भएका छन्।

triton college

टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिबान)ले आफ्ना सम्पूर्ण बसहरुको टिकट अनलाइनमार्फत बिक्री गर्ने उद्देश्यका साथ इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (ईसीआरसी)प्रालिसँग सम्झौता गरेको छ।

एसोसिएसनले ईसीआरसीसँगको सम्झौतापछि आफ्ना नेपालभर संचालन हुने टुरिस्ट बसहरुको टिकट अनलाइनमार्फत नै बुकिङ गरि बिक्री गर्न सक्नेछ । टिबानका अध्यक्ष ईश्वर प्रसाद उपाध्याय तथा ईसीआरसीका अध्यक्ष सन्जीत पौडेलबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

शुरुवाती चरणमा पर्यटक सार्वजनिक यातायातको सेवा काठमाडौंदेखि पोखरा, नारायणघाट, लुम्बिनी, जनकपुरमा उपलब्ध हुनेछ भने क्रमशः अन्य शहरहरुमा पनि सेवा बिस्तार गरिनेछ । 

प्रकाशित: Oct 02, 2020| 11:05 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्