शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बलात्कार घटनामा मेलमिलाप गराउने पनि अपराधी हुन् : सांसद ढकाल

बलात्कार घटनामा मेलमिलाप गराउने पनि अपराधी हुन् : सांसद ढकाल

जनता समाजवादी पार्टीकी नेतृ एवं संघीय सांसद प्रज्ञा ढकालले बलात्कार जस्तो जघन्य अपराधमा मेलमिलाप गराउने पनि उत्तिकै अपराधी भएको बताएकी छिन्। 
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौं– जनता समाजवादी पार्टीकी नेतृ एवं संघीय सांसद प्रज्ञा ढकालले बलात्कार जस्तो जघन्य अपराधमा मेलमिलाप गराउने पनि उत्तिकै अपराधी भएको बताएकी छिन्। 

triton college

उनले केही दिन अघि बझाङमा १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि नृसंश हत्या भएको विषय उठाउँदै भनेकी छिन्, ‘बलात्कारमा संलग्न व्यक्तिलाई साधारण मिलापत्र गरेर छाडिदिँदा सम्झनाको ज्यान गयो। बलात्कारी मात्र होइन यस्तो जघन्य अपराधमा पनि मेलमिलाप गराएर दोषी चोख्याउने पनि अपराधी हुन्।’

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले गृहमन्त्री रामबहादुर थापाप्रति पनि आक्रोश पोखेकी छिन। ‘दैनिकजसो बलात्कारका घटना भइरहँदा पनि गृहमन्त्री यो सामान्य हो भनिरहनुभएको छ,’ उनले भनेकी छिन्, ‘गृहमन्त्रीको त्यस्तो भनाइ र सरकारको निरिहताप्रति देख व्यक्त गर्छु।’

उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष बितेको र  अहिले पनि ती हत्याराहरू खुलमखुल्ला हिँडिरहँदा पनि पक्राउ नगरेर सरकारले निरिहता प्रदर्शन गरेको पनि दावी गरेकी छिन्।  

प्रकाशित: Oct 02, 2020| 03:49 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।