शनिबार, वैशाख १५, २०८१

बालबालिका र मास्क प्रयोगबारे जान्नैपर्ने कुरा

बालबालिकालाई कोभिड १९ को कुनै लक्षण नभएको अवस्थामा पनि सार्वजनिक स्थलमा रहँदा अनुहारमा मास्क लगाएर उनीहरूले कोभिड १९ सार्नबाट रोक्न मद्दत गर्न सक्छन् र आफ्नो परिवार र समुदायसँगै आफ्नो सुरक्षा गर्न सक्छन्। 
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

पछिल्ला प्रमाणहरूले बालबालिका कोभिड १९ बाट संक्रमित हुन सक्छन् र एकअर्का तथा वयस्कहरूलाई पनि संक्रमित गर्न सक्छन् भन्ने देखाएका छन्।  यद्यपि, उनीहरू संक्रमणबाट गम्भीर रुपमा बिरामी पर्ने जोखिम कम छ। साना बालबालिकाले ठूलालाई भाइरस सार्ने सम्भावना पनि कम हुन्छ।

triton college

बालबालिकालाई कोभिड १९ को कुनै लक्षण नभएको अवस्थामा पनि सार्वजनिक स्थलमा रहँदा अनुहारमा मास्क लगाएर उनीहरूले कोभिड १९ सार्नबाट रोक्न मद्दत गर्न सक्छन् र आफ्नो परिवार र समुदायसँगै आफ्नो सुरक्षा गर्न सक्छन्। 

मास्कले कसरी काम गर्छ?

कोभिड १९ मानिसहरूले कुरा गर्दा, गाउँदा, खाँदा वा खोक्दा बन्ने श्वासप्रश्वासका थोप्लामार्फत फैलिन्छ। व्यक्तिहरूको शरीरभित्र कुनै पनि लक्षणविना पनि भाइरस रहेको हुन सक्छ। यसको मतलब तपाईं र तपाईंका बालबालिकाले रोग सार्न सक्नुहुन्छ र तपाईंहरुलाई यो थाहा नहुन पनि सक्छ। 

मास्कले कोभिड १९ का छिटाहरु फैलिन नदिई अन्य व्यक्तिमा सर्नबाट रोक्ने काम गर्छ। मास्कले लगाउने व्यक्तिलाई सासका थोपा लिन र संक्रमित हुनबाट पनि जोगाउन सक्छ।

corrent noodles
Metro Mart

बालबालिकाले कहिले मास्क लगाउनुपर्दछ?

बालबालिकाले मास्क लगाउनु पर्छ कि पर्दैन भन्ने कुरा धेरै कुरामा निर्भर हुन्छ। उनीहरूको उमेर, सुरक्षित रूपमा मास्क प्रयोग गर्ने क्षमता र उनीहरू बिरामी भएका कोहीसँगको भौतिक सम्पर्कमा छन् कि छैनन् भन्ने कुरा प्रमुख हुन्छन्।

दक्षिण एसियाभरि  केही सरकारहरूले सार्वजनिक र उमेरमा आधारमा मास्क प्रयोगका थप आवश्यकता निर्धारण गरेका छन्। 
विश्व स्वास्थ्य संगठन र युनिसेफको यस्तो सल्लाह छः

सामान्यतया ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु पर्दैन। 

६ देखि ११ वर्षका बालबालिकाले मास्क लगाउनुपर्छ कि पर्दैन भनेर निम्न आधारमार्फत निर्णय गर्नुपर्छ :

कोभिड १९ तपाईंको क्षेत्रमा व्यापक रुपमा फैलिएको छ कि छैन?

बालबालिकाले सुरक्षित र उपयुक्त रुपमा मास्क प्रयोग गर्न सक्छन् कि सक्दैनन्?

मास्कमा तपाईंको पहुँच छ कि छैन र तिनीहरूलाई धुन र प्रतिस्थापन गर्न सक्नुहुन्छ कि सक्नुहुन्न? 

बालबालिकाले मास्क लगाइरहेको वयस्कले सुपरीवेक्षण गर्न सक्छन् भने।

बालबालिकाले सुरक्षित रूपमा कसरी मास्क लगाउने,  फुकाल्ने र राख्ने तरिका जानेका छन् कि छैनन्? 

बालबालिकाले गम्भीर बिरामी हुने उच्च जोखिममा भएका अन्य व्यक्तिहरूसँग अन्तरक्रिया गरेका छन् कि छैनन्। उदाहरणका लागि, वृद्ध र स्वास्थ्य समस्या भएका मानिस।

मास्क लगाउने कारणले तपाईंको बालबालिकाको व्यक्तिगत सिकाइ र मनोवैज्ञानिक विकासमा हुन सक्ने सम्भावित प्रभावलाई पनि विचार गर्नुपर्छ। 

१२ वर्ष वा माथिका बालबालिकाले वयस्कहरूले जसरी नै मास्क लगाउनुपर्छ।

यसको अर्थ तपाईंको क्षेत्रमा कोभिड १९ व्यापक रुपमा फैलिएको छ भने उनीहरुले सबै सार्वजनिक स्थानमा मास्क लगाउनुपर्दछ।

अरुबाट एक मिटरको भौतिक दूरी कायम राख्न गाह्रो छ भने (उदाहरण,  भीडभाड भएको सार्वजनिक स्थानहरूमा),  वा उनीहरू भित्री सार्वजनिक ठाउँमा छन्।

बालबालिकाले कुन बेला मास्क लगाउनुपर्दैन?

उनीहरू घरमा छन् र घरका कोही पनि बिरामी भएका छैनन्।

उनीहरू अन्य व्यक्तिबाट हरेक समयमा कम्तीमा १ मिटरको दूरी कायम राख्न सक्छन्।

बालबालिकाले कुन मास्क लगाउनुपर्दछ? 

बजारमा विभिन्न किसिमका मास्क उपलब्ध छन् र कुन प्रकारको मास्क बालबालिकाले लगाउनुपर्दछ भनेर बुझ्नु महत्त्वपूर्ण छ।

कपडाको मास्क

गैरचिकित्सकीय मास्कका रूपमा पनि चिनिने कपडाको मास्क प्रायः कपासले बनेका हुन्छन्। तिनीहरू विभिन्न शैली र रंगमा आउँछन् र तिनीहरुलाई धुन र पुनः प्रयोग गर्न सकिन्छ। तिनीहरूलाई कम्तीमा कपडाको तीन तहको बनाउनुपर्छ। 

बालबालिकासहित धेरै व्यक्तिलाई यस प्रकारको मास्क लगाउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सिफारिस गरेको छ।  

कपडाको मास्क प्रत्येक प्रयोगपछि साबुन वा डिटर्जेन्टको प्रयोग गरी तातो पानीमा दैनिक रुपमा धुनुपर्छ। यसरी धोएपछि, मास्कलाई पुनः प्रयोग गर्नुअघि पूर्ण रूपमा सुक्न दिनुपर्छ। 

कपडाको मास्क महँगो पर्न सक्छ, तर तपाईं आफैंले आफ्नै घरमा बनाउन सक्नुहुन्छ। 
 
मेडिकल मास्क

सर्जिकल मास्क भनेर पनि चिनिने मेडिकल मास्क नबुनिएका कपडाबाट बनेको हुन्छ। यी सामान्यतया तीन तहका हुन्छन् र स्वास्थ्यकर्मीका लागि डिजाइन गरिएका हुन्छन्। 

विश्वव्यापी महामारीका कारण मेडिकल मास्कहरुको आपूर्ति कम भइरहेको छ। त्यसैले केही समूहले मात्र यस्तो प्रकारको मास्क लगाउनु पर्दछ भनेर विश्व स्वास्थ्य संगठनले सिफारिस गर्दछ। 

यसमा स्वास्थ्यकर्मीहरू, ६० वर्षभन्दा बढी उमेरका, अन्तर्निहित स्वास्थ्य समस्या भएका, कोभिड १९ भएका व्यक्तिको हेरचाह गर्ने र कोभिड १९ को लक्षण भएका वा वा पुष्टि भएका वा संक्रमित व्यक्ति पर्छन्।

यसको अर्थ अन्तर्निहित स्वास्थ्य समस्या भएको र कोभिड १९ को लक्षण वा पुष्टि भएको, वा जोकोही बिरामीको नजिक छन् भने मात्रै बालबालिकाले यस प्रकारको मास्क लगाउनुपर्छ।

मेडिकल मास्क धुनयोग्य वा पुनः प्रयोग गर्न योग्य हुँदैनन् र आठ घण्टाको निरन्तर प्रयोगपछि सुरक्षित रुपमा फाल्नुपर्छ। 

बालबालिकाले सही तरिकाले मास्क लगाएको सुनिश्चित गर्ने

धेरै मास्क वयस्कका लागि डिजाइन गरिएका हुन्छन् र बालबालिकालाई ठिकसँग मिल्दैन। बालबालिकाका लागि मास्क किन्दै वा बनाउँदै हो भने यी कुरामा निश्चित हुनुपर्छ,

बालबालिकाको मास्कले उनीहरूको मुख, नाक र चिउँडो छोप्नुपर्छ, र छेउमा कुनै खाली ठाउँ हुनुहुँदैन र उनीहरूको आँखाको दृष्टिलाई छेकेको हुनुहुँदैन।
बालबालिकाले मास्क लगाएर छिटोछिटो हिँड्दा र कुरा गर्दा आरामसँग सास फेर्न सक्नुपर्छ।

बालबालिकाले मास्क लगाउनुअघि र त्यसलाई हटाएपछि साबुनपानीले हात धुनुपर्दछ भनेर थाहा पाउनुपर्छ। 

मास्कको विषयमा, गर्न हुने

बालबालिकालाई मास्क लगाउँदा निरन्तर उनीहरूको हात धुन र अरूबाट टाढा बस्न सिकाउनुपर्छ।

मास्कले मात्र कोभिड १९ को संक्रमण र प्रसारण रोक्ने छैन। मास्कको प्रयोगसँगै बच्ने अरु उपायहरु संयुक्त रुपमा प्रयोग गरेपछि मात्र यो प्रभावकारी हुन्छ।

कम्तीमा ४०— ६० सेकेन्डसम्म बारम्बार साबुन र पानीले वा २०— ३० सेकेन्डसम्म अल्कोहल भएको सामग्रीको प्रयोग गरी हात धुने।
अन्य व्यक्तिबाट कम्तीमा एक मिटर दूरी कायम राख्ने र भीड भएको ठाउँहरूबाट टाढा रहने।  

खराब भेन्टिलेसन भएको भित्री स्थानहरु (इनडोर) बाट टाढा रहने।  

तपाईं बाहिर भएको समयमा मास्क भण्डार गर्न सकिने झोला साथमा राख्नुहोस्।

तपाईं र तपाईंको परिवारले मास्क खोल्ने र तथा दिनको समयमा पुनः प्रयोग गर्ने योजना बनाएको छ भने तिनीहरूलाई भण्डार गर्न सफा र पुनः सिल गर्न मिल्ने झोला बोक्नुहोस्।

तपाईंको परिवारमा प्रत्येक मास्कको लागि छुट्टाछुट्टै झोला प्रयोग गर्नुहोस्।

झोलामा मास्क छिराउँदा वा निकाल्दा, यसलाई इलास्टिक लुप वा डोरीमा समाउनुहोस्।

मास्कको सतहमा नछुनुहोस्।

मास्क फेरि लगाउनुअघि हात धुनु नबिर्सनुहोस्।

मास्कको विषयमा, गर्न नहुने

यी छ वटा साधारण गल्तीहरू नगर्नुहोस् स्

मास्कलाई नाकमुनि नतान्नुहोस्।

आफ्नो चिउँडो खुला नछोड्नुहोस्।

आफ्नो चिउँडोमुनि मास्क नतान्नुहोस्।

माक्स लगाउँदा त्यसलाई नछुनुहोस्।

खुकुलो मास्क नलगाउनुहोस्।

फोहोर, बिग्रिएको वा भिजेको मास्क नलगाउनुहोस्।

एक जनाले लगाएको मास्क अर्कोले नलगाउनुहोस्।

एक जनाले लगाएको मास्क अर्कोले लगाउँदा भाइरस सर्न सक्छ। तपाईंको बालबालिकासँग आफ्नै मास्क भएको र अरूसँग मास्क नसाटेको सुनिश्चित गर्नुहोस्।

व्यायाम गर्दा मास्क नलगाउने 

बालबालिकाले (र वयस्कहरू) खेल्दा वा व्यायाम गर्दा मास्क लगाउनु हुँदैन। पसिनाले मास्कलाई भिजाउन सक्छ र सास फेर्न गाह्रो हुनुका साथै कीटाणुहरूको वृद्धि सजिलो हुन्छ।

तपाईंका बालबालिकालाई घर वा बाहिरका लागि मास्कको आवश्यक नपर्ने गरी अरूबाट सुरक्षित शारीरिक दूरी कायम गर्न सकिने व्यायाम गर्नको लागि ठाउँ छनोट गर्नुहोस्।

बालबालिकालाई मास्क लगाउन कसरी प्रोत्साहित गर्ने?

कोभिड १९ ले संसारभर नै तनाव, चिन्ता र कठिनाइ सिर्जना गरी पारिवारिक जीवनलाई उदास बनाएको छ। धेरै बालबालिकाको लागि मास्कले यस्तो भावनाहरुलाई थप्न सक्छ। विशेष गरी, ससाना बालबालिकाको लागि, मास्क लगाउनु अचम्म र रिस उठ्दो हुन सक्छ।

परिवारमा मास्कलाई चिनाउन सहयोग पुर्‍याउने केही उपाय :  

इमानदार र सहयोगी हुनुहोस्। मास्क हामीमध्ये कसैका लागि अति रमाइलो वस्तु होइन भनेर पहिचान गर्नुहोस्। तर मास्क लगाएर हामीले बृद्ध मानिससहित आफू वरपरका मानिसहरूलाई कसरी सुरक्षित राख्न मद्दत गर्न सक्दछौं भनेर वर्णन गर्नुहोस्।

मास्क लगाउनुले हामी एक अर्काको ख्याल राख्दछौं भनेर देखाउँदछ।

कोभिड १९ लाई रोक्न कठिन मेहनत गर्ने धेरै विशेषज्ञहरू छन् तर उनीहरूलाई हाम्रो मद्दत चाहिन्छ। यसका लागि हामीले हरेक प्रकारको सावधानी अपनाउनुपर्दछ भनेर उनीहरूलाई सम्झाउनुहोस्। 

मास्क लगाउने बानी विस्तारै विकास हुँदै छ। त्यसैले, बालबालिकालाई नियमित रुपमा सम्झाइरहनुहोस् र तपाईंको आफ्नै व्यवहारलाई उदाहरण बनाउनुहोस्।

मास्कलाई रमाइलो बनाउनुहोस्। एउटा मास्क वा कपडा छान्ने कामलाई रमाइलो बनाउने प्रयास गर्नुहोस् र तपाईंको बालबालिकालाई यो रमाइलोमा सकेसम्म संलग्न गराउनुहोस्।

याद गर्नुहोस्, तपाईंका बालबालिकाले उनीहरूको मास्कको रूप र डिजाइन जति मन पराउँछन्, तपाईं वरिपरि नहुँदा पनि उनीहरूले माक्स लगाउने सम्भावना त्यति बढी हुन्छ। -युनिसेफ

प्रकाशित: Oct 01, 2020| 06:25 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।