शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पोखरा जाँदै गरेको कार त्रिशूलीमा खस्यो, तीन जना बेपत्ता

पोखरा जाँदै गरेको कार त्रिशूलीमा खस्यो, तीन जना बेपत्ता

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन नजिकै त्रिशूली नदिमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार एक जनाको भने एक घाइते अवस्थामा उद्धार गरिएको छ।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन नजिकै त्रिशूली नदिमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार एक जनाको भने एक घाइते अवस्थामा उद्धार गरिएको छ।

triton college

काठमाडौंबाट पोखरा जाँदै गरेको ना२च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट झण्डै १०० मिटर तल त्रिशूली नदीमा खसेको प्रहरी जनाएको छ । 

राति करिब साढे १२ बजे कार नदिमा खसेको थियो । दुर्घटनामा परेर बेपत्ता हुनेमा पोखरा महानगरपालिका-७ का अन्दाजी ५५–६० वर्षीय प्रेम भुजेल, ५५–६० वर्षीय लेखबहादुर भुजेल र ३६ वर्षीया ईश्वी भुजेल रहेको ट्राफिक प्रहरीले जनाएको छ। 

प्रहरीले राति देखिनै बेपत्ताको खोजी कार्य तीव्र पारेको छ। उद्धार गरिएका पोखराका ४९ वर्षीय रुद्रलाल सुवेदीलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ।

प्रकाशित: Sep 24, 2021| 07:28 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।