शुक्रबार, वैशाख १४, २०८१

जापानमा निर्मित सुजुकी कार नेपाली बजारमा आउने

 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं- नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्‍सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेसन (एसएमसी) जापानले उत्पादन गरेका सुजुकी कारहरु नेपाली बजारमा ल्याउने भएको छ ।

triton college

हाल नेपालमा मारुती सुजुकी इन्डियाले निर्माण गरेका सुजुकी कारहरु मात्र भित्रिरहेका छन् । एसएमसीका उत्पादन भित्रिएपछि नेपाली ग्राहकले युरोप र उत्तर अमेरिकालगायत अन्तर्राष्ट्रिय बजारका लागि बनाएका सुजुकी कारको आनन्द अनुभव गर्न पाउने कम्पनीले जनाएको छ ।

 

 

सीजी मोटोकर्पले एसएमसी जापानबाट हायर सेग्मेन्टका मात्र कार आयात गर्नेछ भने अहिलेको लाइनअपलाई निरन्तरता दिने जनाइएको छ ।  

corrent noodles
Metro Mart

‘सुजुकीले नेपाली ग्राहकका लागि सबैभन्दा ठूलो रेन्जको कार उपलब्ध गराउँदै आएको छ । अब हामी सीधै एसएमसी जापानबाट प्रिमियम रेन्जका उत्पादन भित्र्याउने तयारीमा छौं,’ कम्पनीले भनेको छ ।

यो च्यानलमार्फत नेपाली बजारमा भित्रिने पहिलो कार सुजुकी भिटारा हुनेछ । भिटारा युरोपेली बजारमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम एसयूभीमध्ये पर्छ । यसमा फोरह्‍‌विल सिस्टम, १.६ लिटरको शक्तिशाली इन्जिन र अन्य अत्याधुनिक फिचर रहनेछन् जसले यो सेग्मेन्टको ‘ड्राइभिङ एक्सपिरियन्स’लाई नयाँ उचाइमा पुर्‍याउने कम्पनीले जनाएको छ ।

भिटाराको सुरुवाती मूल्य ७९ लाख ९९ हजार हुने कम्पनीले जनाएको छ । सुजुकी भिटारा कार २०२१ मार्चसम्ममा नेपाल आइपुग्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: Sep 29, 2020| 09:42 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्