शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • किया बिगेस्ट सप्राइज अफ द इयर सार्वजनिक : ४ लाख रुपैयाँसम्म छुट

किया बिगेस्ट सप्राइज अफ द इयर सार्वजनिक : ४ लाख रुपैयाँसम्म छुट

 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं- नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले चाडपर्वको मौका पारेर ‘किया बिगेस्ट सप्राइज अफ द इयर’ योजना सार्वजनिक गरेको छ ।

triton college

यस योजनाअन्तर्गत कियाको दुई मोडलका गाडी खरिदमा चार लाख रुपैयाँसम्मको सर्वाधिक छुट पाउन सक्ने कम्पनीले जनाएको छ । योजना अवधिमा कियाको अल न्यु सेल्टोस र स्पोर्टेज गाडी खरिद गर्ने ग्राहकले उक्त छुट पाउनेछन् ।

 

 

ग्राहकहरुको चाडपर्वलाई अझ उत्सवमय बनाउन कम्पनीले छुटका अतिरिक्त अन्य सुविधा पनि दिएको जनाएको छ । यो योजना अवधिमा गाडी खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क बिमा सुविधा पाउनेछन् । योजना अवधिमा बिक्री हुने गाडीको एक वर्षको सडक कर पनि कम्पनीले नै बेहोर्नेछ ।

corrent noodles
Metro Mart

कम्पनीले ‘किया बिगेस्ट सप्राइज अफ द इयर’ योजनाअन्तर्गत दिएको डिस्काउन्ट र अन्य सुविधा देशभरका किया डिलरबाट लिन सकिने जनाएको छ ।

कम्पनीले केही दिनअघि कियाको भारतस्थित प्लान्टमा निर्मित सोनेटको मूल्य सार्वजनिक गर्दै त्यसको बुकिङ पनि खुला गरेको छ । कम्पनीका अनुसार सोनेटको सुरुवाती मूल्य ३५ लाख ९० हजार तोकिएको छ ।

प्रकाशित: Sep 28, 2020| 11:25 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्